Listen Nepali Songs

Know New

प्रमोद स्नेही श्रेष्ठको नयाँ गीत गाइ देउ न गीत ए कान्छा सार्वजनिक

प्रमोद स्नेही श्रेष्ठ (२०४६) को रचनामा रहेको नयाँ गीत गाइ देउ न गीत ए कान्छा बोलको गीत र म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ । खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० अर्खौले स्थायी घर भएका श्रेष्ठका यस अघि पनि थुप्रै नेपाली आधुनिक र जनवादी गीतहरु बजारमा सफल भईसकेका छन् । उनका गीतमा विशेष गरि नेपालका चर्चित गायीकाहरु अन्जु पन्त, मेलिना राई साथै संगितकार राजनराज शिवाकोटी र टंक बुढाथोकीद्धारा स्वर संगित गरिने भएकोले पनि सफर चर्चित भएका हुन । खास गरि कविता र गजलका पारखी पछिल्लो पटक गीत लेखनमा प्रवेश गरेका हुन । श्रेष्ठ खोटाङ जिल्लामा गैर सरकारी संस्थामा क्रियाशिल छन भने यस अलवा विभिन्न साहित्यीक संघ सँस्थामा समेत संलग्न छन । गीत लेखन र आफुद्धारा रचित गीतहरु बजारमा सफल र राम्रा प्रतिक्रियाका कारण आफु यस कार्यबाट खुशी र सन्तुष्टी प्राप्त भएको बताउँछन् । श्रेष्ठको गीति लेखनयात्रालाई शुभकामना । 

No comments