अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घटनापछि बेपत्ता (नामावलीसहित)
अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घटनापछि बेपत्ता (नामावलीसहित)
क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन् । अवैद्य ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन्।
अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको हो।
उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्। तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन्।
स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट उडाएका थिए। उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ। कोलम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले जनही करिब ३० लाख आसपासमा एजेन्टलाई पैसा बुझाएको देखिन्छ।
दुर्घटनामा ८ जना नेपाली परेको पुष्टि भए पनि कति जनाको मृत्यु भएको हो, मृत्यु भएका भनिएकाको शव कहाँ राखिएको छ, तिनीहरूलाई कसले कोलम्बियासम्म पुर्याएको हो भन्नेबारे भने कुनै सूचना सार्वजनिक भएको छैन।
No comments