Listen Nepali Songs

Know New

मंगलाय तनोहरी

 

"हेर केटा अव विहे गर्नुपर्छ ।" एकदिन जेन्मी क्याफेमा खुक्स सल्काएपछि धुवाँ निकाल्दै गाईतोण्डेले सरक्कै भंडास पोख्यो । सेक्रेड गेम्स बजारमा आएपछि ऊ गाईतोण्डे नामले कुख्यात छ ।  


👴
शर्मा जि आलोक 
इनबक्समा टुप्लुक्क झुल्किएको लिंकमा “परदेशी परदेशी जाना नही मुझे छोडके, मुझे छोडके” नामको हिन्दी भाषाको गित बज्न थालेपछी मांगेना एकछिन त टोल्हाएझैँ,एकोहोरिएझैँ, मुर्तीझैँ भइरही ।
गितकै भाषामा
“रुलाएंगे क्या ! ”
रिप्लाइ गरेपछी मांगेनाको काम रह्यो इन्बक्सको स्पेसमा उफ्रिरहेको कर्सर हेरेर पर्खिने ।
“हेर केटा अब बिहे गर्नुपर्छ ।” एकदिन जेन्मी क्याफेमा खुक्स सल्काएपछी धुवाँ निकाल्दै गाईतोण्डेले सरक्कै भंडास पोख्यो । सेक्रेड गेम्स बजारमा आएपछी ऊ गाईतोण्डे नामले कुख्यात छ ।
गाईतोण्डेले यस्तो वकवास प्रस्ताव ल्याएको यो एक्काइसौँ पटक थियो । न्युटिला फ्राइको डल्ला मिसाइएको थुप्पाको बटुको साइड लगाएर चोजो बोल्यो , सुन केटा मलाई यो १ र २ अंकको जोडी खुब गज्जप लाग्छ । तेरो बाह्रौ प्रस्तावमा पनि म केहि बोलुँला भनेर सोचेको थिएँ । तर १२ अंकै बैगुनी ।
पृथ्वी गोलो छ भन्थिन नी तेरी आमै, यि हेर १ र २ फेरी आए मिलेर । म त पर्खेकै हो नी । तँ मुला गनगन धेर गर्छस के गाईतोण्डे ।
खासमा गाईतोण्डेलाई यो नामले पुकारेको मनै पर्दैन , तर उसको आफ्नै नाम त झन गाली गरेको झैँ लाग्छ र गाइतोण्डेमै इन्जोए गरिरहेछ ।
चोजोको खास नाम जोजो हो, तर गाईतोण्डेले आफूले यो नाम भोगचलन गर्नु परेको रिसमा जोजोलाई चोजो सम्म बनाईदिएको हो ।
अब तैँले त ब्ये गरिस, गरि नै सकिस र अर्ति दिने नै भइगईस होइन त ? तँ एक काम गर, तेरो बहीनीकी साथी छे नी, माङ्गेना ! राम्री छे, जा भन्दे । गाईतोण्डले चोजोको जुँगा हल्लिन नपाउँदै गुह्य कुरोको छनक पाइहाल्यो ।
एकदिन गाईतोण्डेको बहिनीको होस्टेलमा दुई भाई पुगेका थिए । होस्टेलमा भएको चोरीमा उसको बहिनीको कोठाबाट पनि मालसामान गायब भएको थियो, र अत्तालिँदै आफ्नो दाजुलाइ बोलाएकी थिई । कानुनी प्रकृया त होस्टेल प्रसासनले थालिसकेको थियो । तर बहिनी डराएकी थिई । उसकी साथी माङ्गेना झन डराएकी थिई । अब दुई भाईको काम सान्त्वना दिनु थियो । चोजोले बडा कलात्मक ढङ्गले “हेर्, चिन्ता नलिई तिमीहरु, अरु के के सामान छैन सबैको विवरण प्रशासनमा बुझाइहाल्, चिन्ता लिएर केहि हुन्न, प्रशासनले सब मिलाइहाल्छ र आइन्दा कोठा राम्रोसँग बन्द गरेर मात्र बाहिर निस्किनु भनेर दुई जनालाई अगाडी राखेर सम्झायो ।
चोजोले उनीहरु अलिक शान्त भएझैँ देख्यो ।
गाईतोण्डेले “चिया खुवाउँदैनौ ?” भनेपछी चिया बनाए दुई जना मिलेर । कडा गुलियो चाहिने चोजोले चिनी थप्न खोजेपछी माङ्गगेनाले थपिदिँदा आँखा जुधिगो । र एक पटक फेरी अर्को–अर्को तिर हेरे झैँ गरेर माङ्गेनालाइ सरसर्ती हेर्न मन परायो चोजाले । एक खालको चुम्बकिय आकर्षण त थियो, तर के थियो भेउ पाएन । उसले एकछिनमा के निष्कर्ष निकाल्यो भने – मुुसुक्क हाँस्दा देखिने माथिपट्टीका दुईवटा दाँतमै छ असली क्लाइमेक्स ।
होस्टेल प्रशासनले पुलिस प्रसासनमा कारबाहिका लागी निवेदन गरिसकेको, चाँडै सामान सहित चोर फेला पर्ने बताएपछी अवस्था सामान्यतिर लाग्यो । र चिन्ता नगर्न, केही समस्या परे कल गर्न भन्दै दुई भाइ निस्किए ।
बाटोमा उनिहरुको होस्टेल, चोरी वा माङ्गेनाको बारेमा केहि गफै भएन । बरु कामख्या मिठाइ पसलको समोसाको चर्चा भयो, बाटोमै पर्ने कामख्यामा छिरेर समोसा खाए । चोजोको जेरीको स्वादलाई लिएर गाईतोण्डेले अनेक टिप्पणी गरेपनि चोजोले फटाफट ३/४ वटा जेरी नि बजाईदियो ।
पछिल्लो एकदिनको भोकले मर्नै आँटेको दिनमै फेसबुकले माङ्गेनाको साथी बन्ने प्रस्ताव चोजोकहाँ पठायो । चोजोले समोसा र जेरीमा फनफनी घुमेर बिर्सेका माङ्गेनाका दुईवटा दाँतको स्मरणमा भोक बिर्सियो र फेसबुकमा फेस हेरेर मख्ख पर्दै प्रस्ताव स्विकार गर्‌यो ।
क्रमशः हाई हेल्लोले लामै बाटो तय गरे । र लेट नाइट, मिड नाइट तिर प्रास्थान गरे ।
गाईतोण्डेले ब्ये गर केटा बुढो भईस अब त, भन्थ्यो बेला बेला । चोजो चैँ माङ्गेनाका दुईवटा दाँत सम्झिन्थ्यो झलझली । प्रस्ताव नम्बर २१ पुगेपछी बल्ल चोजोले मुख फोड्यो । ल केटा कुरा निकाल । तेरो बहिनीलाई यस्सो कुरा खुस्काइराख न । ग्रीन सिग्नल आयो भनेँ तँ गधाको प्रस्ताव नि पारित हुन्छ हेर्दा हेर्दै, चोजोले आफ्नै स्टाइलमा आफ्नै प्रस्तावमाथी छाप लगायो ।
माङ्गेनाको साँझपखको हाई हेल्लो वाला इनबक्स अलि लजाएपछी चोजोले कुरो बुझ्यो, गाईतोण्डेले कुरो पु¥याएछ ।
तर यता कुरै कुरामा कुरा मात्र हुन्थ्यो ईनबक्समा । के भन्न खोजेको त्यो चैँ भनेकै थिएन खासमा चोजोले । माङ्गेनाले कुरो बुझेपनि पर्खिन रमाईरहेकी थिइ, सायद । चोजोले दुई तीन पटक त योजनै मात्र बनाईसकेको थियो, “अब त भन्दिन्छु, जे पर्ला ।” तर चोजोको आँटको पाता कता फक्र्याे फक्र्यो चोजो अलमलमा थियो ।
एकदिन अचानक उसले पहेँलो लुगामा सिँगारिएकी माङ्गेनालाई बजारमा देख्यो । एकै छिनमा एक नवयुवक माङ्गेनाको वरिपरी/नजिक/छेउछाउ देखियो । दुवै जना हाँस्दै, जिस्किदै, गफिदै थिए । चोजोले दुरी कायम गरेर एकछिन त हेर्यो‍ भोकको मन मर्नु भन्दा अलिकती अगाडी लुसुक्क कामख्या छिरेर समोसा खायो , जेरी खाएन ।
साँझ इनबक्सको ढोकै नखोली बसिरह्यो , माङ्गेनाले ढोका खोलेपछी बल्ल भित्र छिर्यो ।
आज दादा सँग सपिङ ग’को नि म, क्या दाम्मी सुज किन्या छु । यो मेसेजमा माङ्गेना मुसुक्क हाँसेकी थिई । चोजोले दाँत सम्झियो । मख्ख पर्यो । माङ्गेनाले मुसुक्क हाँस्दा देखिने अगाडीका दाँतवाला पल त चोजोका लागी जेरी भन्दा स्वादिला पल थिए । फेरि मख्ख पर्यो‍ ।
दशैँमा जुत्ता किनेकी माङ्गेनाले फेसबुकमा जुत्ता नखोली पसी । जोजोले रातो पानको पात पठायो ।
दशैँ सकिएर बाटो लाग्दा नलाग्दै आएको तिहारले देउसि खेलेर पनि गयो ।
चोजोले माङ्गेनालाइ दक्षिण कति कमायौ त भनेर सोध्यो ।
उसले धेरै भनी,
बाँडुम है भन्यो ।
उसले ल भनी ।
चोजोलाई खुब मजा आइरहेको थियो, अनअफिसियल खालको यो वार्तालाप ।
तिहारलाइ पररर सम्म हेरेर, देखिन छोडपछी रुखमाथी चढेर हेरेर अनि बल्ल कात्तिक ओझेल परेपछी मंसीरले धुमधडाका सहितको उपस्थिीती देखाउन थलिहल्यो । हुरी, बतास, झरी, चट्याङ सबै अयो । झण्डै झण्डै माङ्गेनालाई उडायो । पुस लागेपछी चोजोको ढुकढुकीको गतीले बल्ल सामान्य अवस्थाको बाटो समात्यो ।
तर,
तर माघले बैसाख बोलाएरै छाड्यो आखिर । चोजोको १ र २ को संयोगवाला विरुवामा तिनपाते नलाग्दै माघको तुसारोले खायो ।
र , अन्ततः
माघले बोलाएको बैसाखको गर्मिलो दिनमा ,
नियोजित
मंगलम भगवान विष्णु
मंगलम पुण्डरीकक्ष
…………………..
मंगलाय तनोहरी ,
भयो ।

अर्को एक बसन्तमा माङ्गेना हरियो बत्ति सँगै देखा परी, टुप्लुक्क । तर त्यो हरियो बत्ति कथित ग्रिन सिग्नल थिएन ।
माङ्गेनाले चोजोलाई सोधी,
कस्तो छ ?
चोजो जवाफित भयो,
दाम्मी छ ।
माङ्गेनाका कैयौँ ग्रिन सिग्नल मिस गरे पनि चोजोले उसका मुसुक्क वाला दाँत भुल्न बिर्सेछ । चोजोलाई त बरु माङ्गेनाको हालखबर सोध्नु थियो, उसलाई लाग्छ अफ्नो त हालखबर दाम्मी छ ।
चोजोले माङ्गेनाका ग्रिन सिग्नल मिस गरेपनि, माङ्गेनाले ग्रिन कार्ड मिस नगरेपछी आजकल उ फेसबुकमा मुसुक्क दाँत हेर्छ र मख्ख पर्छ तर रातो पानको पठाउँदैन ।

No comments