Listen Nepali Songs

Know New

स्वर्गिय यूग कवी सिद्दीचरण श्रेष्ठको दुर्लव तस्विर सहित

सिद्धिचरण श्रेष्ठ नेपालका एक प्रसिद्ध कवि हुन्। उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ। उनले नेपाली र नेपाल भाषामा लेख्ने गर्दथे। उनको जन्म ओखलढुङ्गा जिल्लामा बि. सं १९६८ जेठ ९ गतेका दिन भएको थियो।

तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षःस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा !
माथिका हरफहरू युगकवि सिद्धि-चरण श्रेष्ठको औधी लोकपि्रय कविता 'ओखलढुंगा'का हुन्। पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरदिार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगा बजारमा विसं १९६९ जेठ ९ गते जन्मेका सिद्धिचरणले १९९२ साल (२३ वर्षको उमेर)मा लेख्नुभएको हो यो 'ओखलढुंगा' कविता। यो 'ओखलढुंगा' कवि सिद्धिचरणको मात्र होइन, नेपाली साहित्यकै एउटा उत्कृष्ट प्रकृतिपरक कविता हो। यो 'ओखलढुंगा'लगायत १९९२ सालसम्ममा सिद्धिचरणका 'निर्झर', 'साँझमा हिमालयको दृश्य', 'प्रातकालीन किरण', 'जूनकीरी', 'सपनाझैँ देखेँ तिनलाई', 'वर्षा आयो', 'वसन्त'जस्ता अनेकानेक कविता शारदामा प्रकाशित भइसकेका थिए। खास गरेर १९९२ सालसम्मका सिद्धिचरणका यिनै कविता र लक्ष्मीप्रसाद देवकोटाका पनि शारदामै प्रकाशित यतिञ्जेलसम्मका कविता -मुनामदन खण्डकाव्यसमेत)तर्फ आकषिर्त हुँदै प्रसिद्ध समीक्षक सूर्यविक्रम ज्ञवालीले 'नेपाली साहित्याकाशका दुई नयाँ तारा' शीर्षक समीक्षा प्रकाशित गरेका र त्यसमा उनले लक्ष्मीप्रसाद र सिद्धिचरणले नेपाली कविताका क्षेत्रमा लेखनाथ पौड्यालका समयका परम्परति -परस्िकारवादी) कविताधारबाट अलग्गिँदै नवीन -स्वच्छन्दतावादी) कवितापरम्पराको थालनी गरेको चर्चा गर्दै यी दुई कवि -लक्ष्मीप्रसाद र सिद्धिचरण)लाई 'नेपाली साहित्याकाशका दुई नयाँ तारा'का रूपमा उपस्थापित गरेपछि लक्ष्मीप्रसाद र सिद्धिचरणको ख्याति फैलिन थालेको थियो। साँच्चै भन्ने हो भने सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। ब्राह्मण बालकहरू मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर िअड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाउनुभयो। पछि १९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौँ र्फकनुभएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौँ आउनुभयो। तर, काठमाडौँमा पनि त्यतिखेर स्कुलका नाममा दरबार स्कुलबाहेक अरू थिएन र दरबार स्कुलमा सोर्सफोर्सले मात्र पढ्न पाउने र खर्च पनि निकै लाग्ने हुनाले जोकोही यहाँ भर्ना हुन सक्तैनथ्यो। जेहोस्, यहाँ भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ साल -१५ वर्षको उमेर)मा पाँचौँ कक्षामा पुग्दा 'सन्ध्या' शीर्षक कविता लेख्नुभएको थियो। यो कविता उहाँको पछि २०२१ सालमा प्रकाशित कवितासंग्रह कोपिलामा संग्रहित छ। यो कविता नै उहाँको अहिले -०६८)सम्मको उपलब्ध पहिलो कविता हो। यस प्रकार पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेका भए पनि सिद्धिचरणले स्कुलको औपचारकि शिक्षा भने पूरा गर्न सक्नुभएन। खास गरेर हिसाबमा कमजोर हुनाले कक्षा आठमा पुग्दा नपुग्दै उहाँले स्कुल छाडिदिनुभयो। यस प्रकार केवल कक्षा आठसम्मको मात्र स्कुलको औपचारकि शिक्षा हासिल गरेका सिद्धिचरणले १९९० सालमै बीए, बीएल गरसिकेका लक्ष्मीप्रसाद देवकोटासँग पूर्वोक्त प्रकार एकसाथ 'नेपाली साहित्याकाशका नयाँ तारा'को उपाधि पाउनु, त्यो पनि सूर्यविक्रम ज्ञवालीजस्ता दिग्गज समालोचकबाट। यो चानचुने कुरा होइन। त्यसबाट त्यतिञ्जेल अर्थात् १९९२-९३ सालसम्ममा सिद्धिचरणले औपचारकि नभए पनि अनौपचारकि शिक्षा अर्थात् स्वाअध्ययनबाट आफूलाई कति माथि उठाइसक्नुभएको रहेछ भन्ने तथ्य प्रमाणित हुन्छ, साथै त्यतिञ्जेलसम्मका सिर्जनाबाट उहाँ लक्ष्मीप्रसाद देवकोटाजस्तै दैवी वर प्राप्त -गडगिफ्टेड) जन्मजात कवि हुनुहुन्थ्यो भन्ने पनि प्रमाणित हुन्छ। यथार्थमा खासगरी यी दुई कवि -लक्ष्मीप्रसाद र सिद्धिचरण)ले नै सर्वप्रथम नेपाली साहित्यमा लेखनाथ, सम प्रभृतिको परस्िकारवादी काव्यधाराविपरीत स्वच्छन्दतावादी काव्यधाराको नयाँ युगको प्रवर्तन-प्रतिष्ठापन गर्नुभएको हो। यसप्रकार नयाँ युगमा प्रवर्तक-प्रतिष्ठापक हुनाले लक्ष्मीप्रसाद र सिद्धिचरण यी कविद्वय उसैबेला अर्थात् १९९२-९३ सालको सेरोफेरोमै वस्तुतः 'युगकवि' बनिसक्नुभएको हो। पछि अथवा भनूँ २००२ सालपछि लक्ष्मीप्रसाद देवकोटा महाकविका रूपमा प्रख्यात हुनुभएकाले नेपाली साहित्यजगत्मा 'युगकवि' उपाधि सिद्धिचरण श्रेष्ठमै सीमित र रुढ हुनपुग्यो। युगकवि सिद्धिचरण १९९५ सालदेखि चाहिँ एकतन्त्रीय जहानियाँ राणाशासनका विरुद्ध स्पष्टतः विद्रोही एवं क्रान्तिकारी कविका रूपमा लक्ष्मीप्रसाद देवकोटाभन्दा अग्रणी देखापर्नुभयो। यो तथ्य तलका प्रसंगहरूबाट स्पष्ट हुन्छ। १९९५ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशित नेपाली विहार नामक कवितासंग्रहमा सिद्धिचरणका तीनवटा नेवारी कविता 'राष्ट्रिय गान', 'वषर्ा' र 'गंगुखुसी' छापिएका थिए, जसमध्ये 'वषर्ा' शीर्षक कवितामा 'क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति' अर्थात् 'क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति' भन्ने पंक्ति परेको थियो। यस पंक्तिमा मुखरति कवि सिद्धिचरणको क्रान्तिचेतले १९९६-९७ सालसम्ममा उत्तरोत्तर प्रखरता पाउँदै गएको कुरा कविका 'परचिय' -१९९५), 'चम्क युवक' -१९९५)जस्ता कविता र अझ खास 'विश्वव्यथा' -१९९६-९७)जस्तो शोककविताबाट स्पष्ट हुन्छ। आफ्नो चारवर्षे छोरा विश्वचरण श्रेष्ठको मृत्युशोकमा लेखिएको तथा शारदाको १९९६ भदौको अंकमा केही अंश प्रकाशित भएको यो 'विश्वव्यथा'का केही पंक्ति यस्ता छन् : आज नखाऔँ, नसुतौँ आओ, सब मिली हडताल मचाऔँ कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ !
त्यतिबेलाको स्वेच्छाचारी क्रूर जहानियाँ राणाशासनको समयमा कवि सिद्धिचरणका यस्ता खुलेआम विद्रोह निम्त्याउने खालका अभिव्यक्तिबाट उहाँ तत्कालीन निरंकुश शासनसँग मात्र होइन, अपितु सृष्टिकर्ता स्वयं परमेश्वरसित पनि विद्रोह गर्न अति आतुर रहनुभएको खुलासा हुन्छ। वास्तवमा कवि सिद्धिचरण आफ्ना उपर्युल्लिखित कविताहरूमा त्यसबेला जनमानसमा भित्रभित्रै गुम्सिरहेको र अरू कसैले मुखरति तुल्याउन नसकेको एकतन्त्रीय क्रूर जहानियाँ राणाशासनविरोधी युगीन विद्रोह र क्रान्तिको आवाजलाई नै वाणी दिन अग्रसर रहनुभएको थियो। अर्को शब्दमा भन्ने हो भने उहाँमा अन्तरनिहित युगकवित्व प्रबल रूपमा प्रकटिएको थियो। यो कुरा तत्कालीन एकतन्त्रीय जहानियाँ शासनलाई सह्य भएन। अनि, कविलाई अंश सर्वस्वसहित १८ वर्षको कठोर काराबासको सजाय दिइयो। यसरी १८ वर्षको जेल सजाय भएको भए तापनि पछि श्री ३ जुद्धको महषिर् बन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा कवि रहिा हुनुभयो। कवि सिद्धिचरण यसरी जेलबाट रहिा हुनुभन्दा केही महिनाअघि उहाँका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएको थियो तर उहाँलाई त्यतिखेर आफ्ना पिताको दाहसंस्कारसमेत गर्न दिइएन। यसबाट त्यसबेलाको एकतन्त्रीय जहानियाँ शासनको क्रूरताको र कविलाई दिइएको काराबास सजायको कठोरताको सहजै अनुमान लगाउन सकिन्छ। यस्तो परििस्थतिमा कवि सिद्धिचरणले जे गर्नुभयो, त्यो नितान्त युगकवि अनुसार थियो। यस्ता युगकवि सिद्धिचरण श्रेष्ठ आज हामीमाझ हुनुहुन्न। उहाँ आफ्नो जीवनको अन्तिम समयसम्म पनि अनवरत साहित्यसाधनामा समर्पित रही आफ्ना अनेक अमूल्य कालजयी काव्यकृतिद्वारा नेपाली र नेवारी साहित्यलाई समेत अपूर्व सौन्दर्यमय एवम् गरमिामय बनाएर ०४९ जेठ २२ गते यस धर्तीबाट सदाका लागि बिदा हुनुभएको छ। आज युगकवि सिद्धिचरण भौतिक रूपमा यस संसारमा हुनुहुन्न तापनि उहाँ समस्त साहित्यप्रेमी नेपाली जनजनका मनमनमा सदा विराजमान हुनुहुन्छ र रहिरहनु हुनेछ।



No comments