Listen Nepali Songs

Know New

म्याङलुङको नाम र इतिहास

धरानबाट नुन बोकेर आउँदा बास बसेको ठाउँमा भात पकाउँदै गर्दा चम्को उफ्रेर भात घोप्टिएको र त्यस चम्कालाई ढाक्रेले खुकुरीले हान्दा रगतको सिर्का आएको अनि त्यो ढुङ्गा म्याङ म्याङ गर्दै दौडिएकाले त्यस ठाउँको नाम 'म्याङ्लुङ' भन्न थालियो । लिम्बूभाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुङ्गो हुन्छ । संयुक्त अर्थमा म्याङ्लुङको अर्थ बिराले ढुङ्गा भए पनि पछि यसलाई सिंहदेवीका रूपमा मान्न थालियो । भौगोलिक विभाजन हुँदा सरकारले तेह्रथुम जिल्लाको जिल्ला सदरमुकामको नाम पनि म्याङ्लुङ नै राखेको छ । अहिले पनि उक्त म्याङ्लुङलाई सिंहदेवीका रूपमा पूजाआजा गरिँदै आएको छ। मन्दिरका कार्की थरका पुजारीले यो कथाको बारेमा बताउनु भयो।

No comments