Listen Nepali Songs

Know New

मेरो सेयरमा थपियाे नयाँ फिचर

 मेरो सेयरमा थपियाे नयाँ फिचर



केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो सेयर नयाँ फिचर थपेकाे छ । नयाँ आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरिएकाे छ । 

यही व्यवस्थालाई कार्यान्वयन गर्न सीडीएससीले ‘मेरो सेयर’ मा "My Holding" भन्ने नयाँ फिचर थपेकाे हाे । आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source मा My Holdings भन्ने अप्सन थपिएकाे हाे ।

My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My Holdings मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए Short Term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long Term अर्थात LT छनाेट गर्नुपर्छ  ।

आजदेखि लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ ।

यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

"My Holding" सम्बन्धी अन्य जानकारीका लागि तलकाे सूचना हेर्नुहाेस् :










No comments