Listen Nepali Songs

Know New

Steam Engine र विश्वास अनि अफवाहको कथा

 बाफबाट चल्ने इन्जिन (Steam Engine) को आविस्कार गर्ने ब्यक्ति James Watt हुन । 

तर जब उनले आफ्नो Engineको प्रथम परिक्षण गर्दैथिए त्यो बेला उनले खुबै आलोचना सुन्नु परेको थियो । बाफबाट पनि पानीजहाज चल्छ रे भन्ने सुनेका मान्छेहरू उक्त परिक्षण हेर्नका लागि समुद्र किनारमा भेला भए ।


 जहाज समुद्रमा चल्नुअघि मान्छेहरूले भने -

"बाफबाट पनि कहि इन्जिन चल्छ ? नहुने कुरा, हेरी राखम यो इन्जिन चल्दै चल्देन ।" 


मानिसहरूले यसो भन्दाभन्दै जेम्स वाट जहाजमा चढे र इन्जिन स्टार्ट गरे, नभन्दै जहाज पानीमा चल्न थाल्यो । अघिसम्म "चल्दैन" भनेर भविष्यवाणी गरेको जहाज मज्जासँग समुद्रको पानीमा तैरिएर 500m भन्दा पनि टाढा पुगेपछि मान्छेहरूले भने -

" यो जहाज चल्न त चल्यो तर हेरी राखम यो अब रोकिदै रोकिदैन ।"


 मान्छेहरूले यसो भन्दाभन्दै केहि बेरमा जहाज जस्ताको तस्तै पहिले कै ठाउँमा आएर रोकियो । यसरी "चल्दै चल्दैन" भनेको जहाज चलेपछि र "रोकिदैन" भनेको जहाज रोकिए पछि फेरि मान्छेहरूले भन्न थाले - 


" यो जहाज आज पो चल्यो, हेरी राखम भोलिबाट यो चल्दै चल्देन ।" 


Moral: रमितेहरूको काम भविष्यवाणी गर्ने हो उनीहरू भविष्यवाणी गर्दै गरुन, तिमी आफ्नो जहाज चलाइ राख, केहि छिनमै तिमी अर्को टापुमा पुग्नेछौ उनीहरू समुद्रतिरमै मुख मिठ्याइ बस्ने छन ।



No comments