Listen Nepali Songs

Know New

नोभेम्बर २२ देखि २६ सम्मका विश्व घटना

इतिहासमा भएका घटनाहरु हाम्रा लागि प्रेरणाको स्रोत हुनुका साथै यिनले हामीलाई साबधान पनि गराउँछन । त्यसैले इतिहासमा भएका घटनाहरुको जानकारी राख्नु हितकर हुन्छ। अङ्ग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर महिनामा इतिहासमा भएका घटनाहरु यहाँहरु माझ बाड्ने क्रममा आज हामिले नोभेम्बर २२ देखि २६ सम्म बिश्वमा भएका ५ महत्त्वपूर्ण ऐतिहासिक घटनाहरु ।

१. नोभेम्बर २२
सन् १९६३ को नोभेम्बर २२ को दिन ३५ औ अमेरिकी रास्ट्रपति जे. एफ केनेडीको गोलि हानि हत्या गरिएको थियो। एक मन्तव्यका लागि अमेरिकाको डल्लास बाट जाँदै गर्दा उनलाई करिब १२ः३० बजे लि हार्भे ओस्वाल्ड ले छैठौं तलाबाट ३ राउन्ड फायर गरेका थिए। गम्भीर घाइते ४६ वर्षिय रास्ट्रपतिलाई डल्लास स्थित पार्क्ल्याण्ड अस्पतालले घटनाको आधाघन्टा पछि मृत घोषणा गरेको थियो।

२. नोभेम्बर २३
सन् १३३६ को नोभेम्बर २३ को दिन चर्चित म्यागेजिन ‘लाइफ’ को पहिलो संस्करण प्रकाशित भएको थियो। २० औ शताब्दीको सुरुवाततिरै सुरु भइसकेको यो म्यागेजिन त्यतिबेला साप्ताहिक हासो पत्रीका को रुपमा प्रकाशित हुन्थ्यो। तर अमेरिकी आर्थिक मन्दी को समयमा प्रसिद्ध अमेरिकी प्रकाशक हेनरि लुसले यो नाम खरिद गरे र यहि मिति देखि चित्रमा आधारित म्यागेजिन को रुपमा बिकास गरे।

३. नोभेम्बर २४
सन् १८५९ को यहि दिन एउटा यस्तो पुस्तकको प्रकाशन भयो जस्ले भगवानले बनाएको प्रकृति भन्ने मानव सोचलाई चुनौती दियो। प्रसिद्ध ब्रिटिस प्रकृतिवादी दार्शनिक चाल्स डार्बिन को ‘ओरेजिन अफ स्पेसिस’ नामक यो पुस्तकले प्राकृतिक छनोट को सिद्धान्त अघि सार्यो। यस पुस्तकले जिबहरु भगवानको कृपाले नभई उनिहरुलाइ सुहाउँदो वातावरण पाएर बाचेको र नपाएका हरु लोप भएको कुरा अघि सार्यो। यहि पुस्तकका कारण डार्बिन लाई बिकासबादी सिद्दान्त का पिता मानिन्छ।

४. नोभेम्बर २५
१० लाख भन्दा बढी मानिसले तत्कालिन समयमा हेरेको अगाथा कृस्टी द्वारा लिखित प्रसिद्ध हत्या रहस्य सम्बन्धि नाटक ‘द माउसट्राप’ सन् १९५२ को नोभेम्बर २५ देखि लण्डनको एम्ब्यास्डर्स थिएटरमा प्रदर्शन सुरु गरिएको थियो। यो नाटक संभवत अहिलेसम्मकै सबैभन्दा लामो प्रदर्शन भएको नाटक हो। करिब २०००० भन्दा बढीचोटि यो प्रदर्शन भएको बिश्वास गरिन्छ।

५. नोभेम्बर २६
सन १९४१ को नोभेम्बर २६ को दिन अमेरिकी रास्ट्रपति फ्रयान्क्लिन डि रोज्भेल्टले हरेक नोभेम्बर को चौथो बिहिवार लाई धन्यवाद ज्ञापन दिवसका रुपमा मनाउने गरि ल्याइएको एउटा विधेयक मा हस्ताक्षर गर्दै पारित गरेका थिए। आफूलाई सहयोग गरेका वा आफ्ना नजिकका प्रती कृतज्ञता ज्ञापन गर्न धन्यवाद ज्ञापन दिवस सुरु गरिएको थियो।


No comments