Listen Nepali Songs

Know New

भारतको केरलामा भेटियो जिका भाइरस

 भारतको केरलामा पनि जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो । १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ । 

लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । गर्भवतीलाई जिका भाइरसको जोखिम धेरै हुन्छ । यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ ।

भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो ।  सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोप फैलिएको थियो ।



के हो जिका भाइरस ? 
जिका भाइरस एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट फैलने भाइरस हो । विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरू भएर २४ मुलुकमा फैलिसकेको छ । जिका जन्मदोष र मस्तिष्क सम्बन्धि विकारमा जिम्मेबार छ। गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउको सहित जन्मिन्छ। यो भाइरस नेपालमा समेत भित्रिन सक्ने बताइएको छ।

सन् १९४७ मा युगाण्डा स्थित जिकाको जङ्गलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५४ मा पहिलो पटक मानिसमा भेटिएको थियो

यो भाइरस अमेरिका, अफ्रिका, दक्षिण एसिया र पश्चिम प्रशान्त क्षेत्रमा फैलिएको छ | सन् २०१६ फेव्रुअरी २५ सम्ममा ४२ ओटा देशमा फैलीसकेको छ |

जिका भाइरस संक्रमणका लक्षण

जिका भाइरसका कारण पाखुरामा आएका बिमिरा
  1. आँखा रातो हुने र सुन्निने ,
  2. जोर्नी दुख्ने,
  3. जिब्रो रातो हुने,
  4. गाला सुन्निने,
  5. हत्केला/पाईतला सुन्निने र रातो हुने,
  6. टाउको दुख्ने,
  7. बिमिरा आउने


No comments