Listen Nepali Songs

Know New

फसि देग, भक्तपुरको इतिहास

फसि देग, भक्तपुर
यो हो फसिदेग । अर्थात फर्सि जस्तै मन्दिर । बि.सं. १७०७ मा शिखर शैलीमा बनेको भव्य शिलु महा द्य:ग (गोसाइकुण्ड महादेवको मन्दिर) थियो । (तल बाँया तर्फको) यस मन्दिरलाई अंग्रेजहरु सबैभन्दा अग्लो र भव्य शिखरशैलीको मन्दिर भनेर परिचय दिएका थिए । १९९० मा महाभूकम्पले सो भव्य मन्दिर पनि भत्कायो । त्यतिबेला जुद्धशम्शेरको समयमा भत्केका मन्दिरहरु छिट्टै पूननिर्माण त भयो तर वास्तविक स्वरुप भने हरायो ।
भूकम्प पछि पूनर्निमार्ण गरिदाँ यसको स्वरुप फर्सि जस्तै बनाइयो । जनताले खिस्याउदै यो मन्दिरको नाम नै फर्सि जस्तै मन्दिर राखिदियो । अहिले २०७२ को भूकम्पले यो फर्सि जस्तै मन्दिर फेरी भत्कियो । अब कस्तो बनाउने अन्योल रहेको छ । शिखर शैलीको शिलु महादेगको बाहिरी फोटो त छ तर भित्री स्वरुप कस्तो थियो भन्ने कुनै प्रामाणिक दस्तावेज नभेटिदा यो मन्दिर बनाउन थालिएको छैन ।
यस्तै भक्तपुर लायकु (दरवार क्षेत्र)मा नै रहेको सिंह ध्वा अर्थात अहिले कला संग्रहालय रहेको दरवार पनि भूकम्प पछि स्वरुप नै परिवर्तन भयो । यस दरवारको पनि फोटो भेटिएको छैन । भक्तपुर महानगरपालिकाले पुरानै स्वरुपमा बनाउने सोच बनाउँदा पनि वास्तविक तस्विर नभेटिँदा समस्या शुरु भएको छ । मसंग रहेका १९९० को भूकम्प अगाडीका तस्विरहरु भक्तपुर महानगरपालिकाको लागी उपलब्ध गराइसकेको छु । तर यस तस्विरहरुमा सिंहध्वाको वास्तविक तस्विर भेटिएन । कुनै साथीहरुसंग भएमा सहयोग गर्नुहोला । यसले हाम्रो अमूल्य निधिहरुको पूननिर्माण हुनेछ ।
यस तस्विरमा छोरीले फसिदेगको यो स्वरुपमा तस्विर खिच्ने सौभाग्य पाएको छ । पहिलो त यो मन्दिर भूकम्पले ध्वस्त भएको छ । दोश्रो अब पूननिर्माण भए पनि यो स्वरुपमा पूननिर्माण हुने छैन । तसर्थ पनि यो तस्विर महत्वको हुनेछ ।
जानकारीको लागी बाँया तर्फको तस्विरमा छानो देखिएको मन्दिर लाँ पाँ देग हो । यसलाई नेपाली नाम हरिशंकरको मन्दिर भनिन्छ तर नेवारी अर्थ भने बाटो छेकेको मन्दिर हो । यो मन्दिर ९० सालको भूकम्पमा भत्किए पछि बनाइएन ।

No comments