Listen Nepali Songs

Know New

आजको शिक्षा

Harvard University का Professor Cornel West को आज एउटा राजिनामा पत्र पढ्दा धेरै कुरा सोच्न बाध्य बनायो !

Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor Cornel West ले हिजो राजिनामा दिएका छन् !
आफ्नो आमा मर्दा जम्मा २ जना विद्यार्थीले मात्र Harvard Newsletter मा reply फर्काएको भन्दै Harvard जस्तो संस्था त यसरी विद्यार्थीलाई संस्कारी मान्छे बनाउन नसकी कुहिएको छ भने बाँकीका के हाल होलान् भनेर प्रश्न गरेका छन् !
उनले संसारभरीको शिक्षा दिने संस्थाहरुमा विद्यार्थीलाई जीवन सिकाउने आत्मा बाँकी नरहेको भनेका छन् !!
Harvard का professor ले त यसो भन्छन भने हामीले विद्यार्थीलाई के दिई रहेका छौं ? एकपटक आँखा चिम्लेर सोचिदिनु होला !
डिग्री मात्रै दिएर जीवन र मानविय आत्मा दिन बिर्सेका त छैनौं नि ?



No comments