Listen Nepali Songs

Know New

जानी राखौं, खुट्टा सुनिने कारण र यसका उपायहरु

 


डा. ओम मूर्ति अनिल

खुट्टा सुन्निनु एउटा साधारण समस्या हो । यसको कारण अति सरलदेखि अत्यन्तै जटिलसम्म हुन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने, तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ ।

खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ । औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ । सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गार्हो हुन सक्छ । जुत्ता लगाउँदा गा¥हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ।

एउटा खुट्टा सुन्निए पछि के गर्ने
सामान्यतया दुइटै खुट्टा सुन्निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुनसक्छ । विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनु पर्छ । खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ । यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ । रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ ।

खुट्टा सुन्निने के के कारण हुन सक्छन् ?
खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन्। मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ।

कहिले काहिँखुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ। जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड आदि। यसको लागि पीर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन।

औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ । मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन्। यदि औषधिका कारणले सुन्निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ।

मुटु वा मृगौलाको कारणले सुन्निएको कसरी थाहा पाउने ?
मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ। मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ। तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ। मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ। बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ।

खुट्टा सँगसँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ । तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ। त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ।

खुट्टामा सुन्न्निएको कम गर्न अरु के गर्न सकिन्छ ?

गुरुत्वाकर्षणको कारणले खुट्टाको रक्तनलीमा दबाब हुन्छ। त्यसैले खुट्टामा सुन्निने संभावना बढी हुन्छ। तसर्थ सकेसम्म बस्ने बेलामा खुट्टालाई टेबुलमा राख्ने र सुत्ने बेलामा एउटा खुुट्टालाई सिरानीको माथि राख्नु राम्रो हुन्छ । यसबाट खुट्टा सुन्निएको कम हुन्छ।

खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन। यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ।

No comments