Listen Nepali Songs

Know New

नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु (नामसहित)

 नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु (नामसहित)

नेपाली सेना दक्षिण एशियाको सबैभन्दा पुरानो सेना हो, यो सेना नेपाल एकीकरणको शुरुवातसँगै बन्न शुरू भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए । नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ । साथै नेपाली सेना पृतना प्रधान कार्यालयहरू पूर्वको इटहरी, हेटौंडा, उपत्यका (सिंह दरबार), पोखरा, सुर्खेत तथा दिपायलमा रहेका छन्, नेपाली सेनाका बाहिनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन् ।

नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्गहरू देशका प्रायः सबै भागमा रहेका छन् । त्यसै गरी राष्ट्रिय सम्पत्ति (विद्युत्, टेलिफोन स्टेशन तथा ऐतिहासिक गढी दरबारहरू) को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सुरक्षामा संलग्न रहँदै आएको छ त्यसबाहेक अन्य विकास निर्माण तथा प्राकृतिक विपत्तिमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो ।

यी हुन् नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु:

पृथ्वीनारायण शाह शासनकालका प्रधान सेनापतिहरू

विराज थापा मगर
महेश्वर पन्त
कालु पाण्डे
शिवराम सिंह बस्न्यात
रामकृष्ण कुंवर
केहरसिंह बस्न्यात
वंशराज पाण्डे
अभिमान सिंह बस्नेत
बलभद्र शाह
कीर्तिमान सिँह बस्न्यात
दामोदर पाण्डे
अमरसिंह थापा
भीमसेन थापा
रणजंग पाण्डे
माथवरसिंह थापा
अभिमान सिंह राना मगर

राणा शासनकालका प्रधान सेनापतिहरू

जंगबहादुर राणा
बमबहादुर राणा
कृष्णबहादुर राणा
रणोद्दिप सिंह बहादुर राणा
जगत शमशेर राणा
धीर शमशेर राणा
जीतजंग राणा
खड्ग शमशेर जंगबहादुर राणा
रण शमशेर जंगबहादुर राणा
देव शमशेर जंगबहादुर राणा
चन्द्र शमशेर जंगबहादुर राणा
भीम शमशेर जंगबहादुर राणा
जुद्ध शमशेर जंगबहादुर राणा
रुद्र शमशेर जबरा
पद्म शमशेर जंगबहादुर राणा
मोहन शमशेर जंगबहादुर राणा
बबर शमशेर राणा
केशर शमशेर राणा

प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू

किरण शमशेर राणा



तोरण शमशेर जबरा
नीर शमशेर जबरा
सुरेन्द्र बहादुर शाह
सिंह बहादुर बस्न्यात
गुण शमशेर जबरा
सिंह प्रताप शाह
अर्जुन नरसिंह राणा
सत्चित शमशेर जबरा
गडुल शम्शेर जबरा
धर्मपालवरसिँह थापा
प्रज्वल शम्शेर जबरा
प्यारजंग थापा
रूक्माङ्गद कटवाल
छत्रमानसिंह गुरुङ
गौरव शमशेर जंगबहादुर राणा
राजेन्द्र क्षत्री
पूर्णचन्द्र थापा

No comments