Listen Nepali Songs

Know New

लमजुङको बाँसको पुल

नेपालका कतिपय गाँउहरुमा अझै पनि बाँसको पुल राख्ने गरिन्छ । पुल बनाउन सबैभन्दा सहज स्थानिय श्रोत भनेको बाँस हो । बलिया बाँसहरुलाई बाबियाका डोरीले बाँधेर पुल बनाइन्छ । बाँसका पुलहरुमा कतै समाउनको लागि पनि बाँस राखिएको हुन्छ भने कतिपय ठाँउमा बाँस तेर्स्याएर मात्र पुल बनाइएको हुन्छ । लामा बाँसहरुलाई बलियोसंग बाँधेर नुहाएर खोलाको दुबैतर्फ बाँधेर बनाइने पुल केही बढी सुरक्षित हुने गर्दछ । तर बाँस केवल तेर्स्याएर राखिदिँदा खोलामा खस्ने डर रहने गर्दछ ।

यहाँ तस्विरमा लमजुङमा मर्स्याङ्दी नदी माथि बनाइएको यो बाँसे पुलमा अमेरिकी पिसकोर भोलेन्टियर डन मासर्समिड्ट डरले चार हात खुट्टा टेकेर पुल नाघ्दै छन् । बाँसमा खुट्टा चिप्लिएला भनेर जुत्ता खोलेर खाली खुट्टामा छन् । घाँटीमा क्यामेरा, झोला तथा जुत्ता झुण्ड्याएर पुल नाघेको देख्दा यो पुल खासै सुरक्षित छैन भन्ने आभास हुन्छ । तर स्थानियहरु यस प्रकारको पुलमा पनि भारी बोकेर हिडेको देख्न सकिन्छ ।

No comments