Listen Nepali Songs

Know New

सौर्यमण्डल सम्बन्धी महत्वपुर्ण ७५ प्रश्नोत्तहरु

१. सौर्यमण्डलमा ग्रह,उपग्रह,शिशु ग्रह,उल्काहरु पर्दछन् भने अर्को के पर्दछ ? → धुमकेतुहरु 


२. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ? → कक्ष बनाएर 


३. सूर्यको वरीपरि घुम्ने ठूलठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स–साना पिण्डहरुलाई के भनिन्छ ? → उपग्रह 


४. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ? → आठ वटा 


५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ? → पाँच वटा 


६.सौर्यमण्डलमा १ सय ६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ? → ३,२०० बढी


७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ? → सन् २००६ अगस्त(चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट) 


८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ? → पुड्का ग्रहको समुहमा 


९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ? → ४ अर्ब ६० करोड बर्ष अगाडि 


१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ? → सूर्य 


११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ? →७४० गुणा 


१२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ? → ३ करोड ५० लाख फरेनहाईट 


१३. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ? → ८ मिनेट २० सेकेन्ड 


१४. सूर्यमा सबै भन्दा बढि कुन तत्व छ ? → हाईड्रोजन ग्यास(७४.४) 


१५. सौर्य बतासको वेग प्रतिसेकेण्डमा कति हुन्छ ? → करिब ५०० किमि प्रतिसेकेण्ड 


१६. सूर्यबाट सबैभन्दा नजिकको ग्रहबुध हो भने सौर्यमण्डलको सबै भन्दा सानो ग्रह कुन हो ? → बुधग्रह 


१७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ? → मेसेञ्जर 


१८. बुधग्रहमा एउटा ठूलो खाल्डो छ, त्यो खाल्डोको नाम के हो ? → क्यालोरिस बासिन 


१९. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ? → बुधग्रह 


२०.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? → शुक्रग्रह 


२१. सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ? → शुक्रग्रह 


२२. ‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई बुझिन्छ ? → शुक्रग्रह 


२३. ‘Bringer of light, Bringer of Dauh’ भन्नाले कुन ग्रहलाई बुझिन्छ ? → शुक्रग्रह 


२४. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सूर्यबाट कुन हो ? → शुक्रग्रह 


२५. ‘Earth Sister Planet,Twin Planet’ भन्नाले कुन ग्रहलाई चिनिन्छ ? → शुक्रग्रह


२६. शुक्रग्रहलाई पहिले के नामले चिनिन्थ्यो ? → रहस्यमय ग्रह 


२७. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ? → शुक्रग्रह 


२८. सन् १९६२ मा शुक्रग्रहको सफल यात्रा गर्ने अन्तरिक्षयान कुन हो ? → मेरिनर २ 


२९. पृथ्वी सौर्यमण्डलको कतिऔँ ठूलो ग्रह कुन हो ? → पाँचौँ 


३०. पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ? → ४ अर्ब ५६ करोड बर्ष अघि 


३१. प्राणीको बिकाश भएको एक मात्र ग्रह कुन हो ? → पृथ्वी 


३२. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? →पृथ्वी


३३. पृथ्वीको कति प्रतिशत भु–भाग पानीले ओगटेको छ ? → ७०.४ प्रतिशत 


३४. पृथ्वीलाई केही देशका जनश्रुतिक कथामा फरक नाम दिईएको छ,त्यो नाम के हो ? → मेटल स्टार


३५.पृथ्वीको एक मात्र उपग्रह छ, त्यो कुन हो ? → चन्द्रमा 


३६. ‘World, mother earth’ भनेर कुन ग्रहलाई चिनिन्छ ? → पृथ्वी 


३७. पृथ्वीको बायुमण्डलीय सं।रचना अनुसार जल सबैभन्दा बढी कुन तत्व छ ? → नाईट्रोजन(७८.८)


३८. पृथ्वीको बायुमण्डलीय संरचना अनुसार जल बास्प कति प्रतिशत रहेको छ ? → एक प्रतिशत 


३९. फावोस र डिबोस कुन ग्रहका उपग्रह हुन् ? → मंगलग्रह 


४०. मंगलग्रहका दुई उपग्रहरु फावोस र डिबोस कसले पत्ता लगाएका हुन् ? → अमेरिकी खगोलबिद असाफ हाल(सन् १८७७) 


४१. रातोग्रहका नामले चिनिने ग्रह कुन हो ? → मंगलग्रह 


४२. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ? → बृहस्पतिग्रह 


४३. ग्रहहरुको राजा केलाई भनिन्छ ? → बृहस्पतिग्रह 


४४. हाल सम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह बृहस्पतिग्रह हो भने,त्यसका कति उपग्रह छन् ? → ६३ वटा 


४५. ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ? → बृहस्पति 


४६. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ? → ग्यामनिमिड(बृहस्पतिग्रहको उपग्रह) 


४७. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? → शनिग्रह 


४८. सौर्यमण्डलमा रहेको घेरा युक्त ग्रह कुन हो ? → शनिग्रह 


४९. ‘असफल तारा’ उपनामले चिनिने ग्रह कुन हो ? → अरुणग्रह 


५०. बरुणग्रहलाई सुरुवातमा के भन्ने गरिन्थ्यो ? → ले भरियर्स प्लानेट 


५१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ? → बरुणग्रह 


५२. हाल पुड्का ग्रहको सुचिमा रहेको यमलाई ग्रहको सुचिमा कति बर्ष राखिएको थियो ? → ७६ बर्ष (सन् १९३०–२००६) 


५३. ग्रीक भाषामा सूर्यलाई हेलियस भनिन्छ  भने चन्द्रमालाई के भनिन्छ ? → Selene 


५४. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय कुन हो ? → IAU(International Astronomical Union) 


५५. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को स्थापना कहिले भयो ? → सन् १९१९ (फ्रान्सको पेरिसमा) 


५६. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय(आईएयु)को पहिलो बैठक कहिले बसेको थियो ? → सन् १९२२(ईटालीको रोम) 


५७. कुन–कुन ग्रहका उपग्रह छैनन् ? → बुध र शुक्रग्रह 


५८. पहिलो शिशु ग्रहको पहिचान कहिले भएको थियो ? → सन् १८०१ 


५९. ‘Long haired Star’ के लाई भनिन्छ ? → पुच्छेतारा 


६०. कुनै ब्यक्तिको जिवनकालमा दुई पटक सम्म देख्न सकिने एक मात्र पुच्छेतारा कुन हो ? → हेली कमेट 


६१. पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ? → सप्तर्षि 


६२. पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा हो ? → साईरस 


६४. ‘Dog Star’ केलाई भनिन्छ ? → साईरस 


६५. पृथ्वीबाट देखिने सबै भन्दा ठूलो तार कुन हो ? → Betelgause 


६६. Asteroid शब्द प्रयोग गर्ने पहिलो अन्तरिक्ष बैज्ञानिक को हुन् ? → Sir William Herschel


६७. सबै भन्दा सानो तारा कुन हो ? → आरएस(RS) 


६८. प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ? → प्रकाश बर्ष 


६९. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ? → तीन लाख किमि 


७०. सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रममा गर्न लाग्ने समयलाई के भनिन्छ ? → ब्रमाण्ड÷अन्त्रिक्ष बर्ष 


७१. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ? → सौर्य दिन (२४ दिन) 


७२. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ? → सम्पात 


७३. गेनिमिड कुन ग्रहको उपग्रह हो ? → बृहस्पति


७४. द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सतहको क्षेत्रफल कति छ ? → ५० करोड ९७ लाख वर्ग किमि 


७५. द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सरदर घनत्व कति छ ? → ५.५ ग्राम प्रति



No comments