Listen Nepali Songs

Know New

न्यायसम्बन्धी हकको व्यवस्था

 धारा २० : न्यायसम्बन्धी हक

  • कुनैपनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन।
  •  पक्राउ परेको व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पेक्ष गर्ने हक हुनेछ।
  • पक्राउ परेको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनु पर्नेछ। त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन।
  • प्रत्येक व्यक्तिलाई नियम विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ।   
  •  प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष, र सक्षम अदालत वा न्यायिक निकायबाट स्वाच्छ सुनुवाइको हक हुनेछ।
  •  असमर्थ पक्षलाई कानून बमोजिम निःशुल्क कानूनी सहायता पाउने हक हुनेछ।


No comments