Nepali Proverb नेपाली उखानहरू
नेपाली उखान टुक्काहरु
"अँध्याराको काम, खोलाको गीत" "अघिपछि स्याहार, चोर आउने दिन विस्याहार" "अघि बुढी जानिन, पछि बुढी मानिन" "अड्को पड्को तेलको धूप" "अनिकालको भात खान ठुलो मुख आँ गर" "आफू नमरी स्वर्ग देखिन्न" "असली कुरा नेपालीले बोल्दैन" "असार रुंदा, भ्याकुतो त्वारत्वार" "आगो र पानी, तरुनी र मुर्ख, राजा र साहुसँग कहिलै नमान्नु हर्ष" "आफ्नो दिउँ त मै मरिजाउँ,अर्काको पाए तीनमाना खाउँ" "आफ्नो टाउको फुटे पछि, मितको टाउको बेलै सरी" "अर्ति र औषधि कहिलै मिठो हुदैन" "आमा! तिमीलाई त बोक्सी भन्छन् ।चुपलाग बाबै, जस्तो देख्छन उस्तै भन्छन" "आफ्नो छोरी नखरमाउली तन्नेरी लाई दोष" "आंटि मान्छेलाई बाघले पनि खादैन" "आयुको छोरालाइ बायुले खादैन" "इन्द्रको अगाडी, स्वर्गको वयान" "इलमीको भागमा, माछा र मासु" "उत्ताउलि गाइ बाघले खाई" "उतिबेला पाईएन, यतिबेला चाहिएन" "उनले काटे मुसाको कान, ससुरालीको जोगाए धान" "एक कान दुइ कान मैदान" "एक मानो खाई, रछ्यान बिगार" "एकदिनको पाहुना मिठोमिठो खा दुइ दिनको पाहुना जतोतसो खा तीनदिनको पाहुना जतासुकै जा" "एक माघले जाडो जादैन" "ऋण दिनु, शत्रु बढाउनु" "काम ले काम सिकाउछ" "कमाँरा हुँला कि भन्ने पो डर, कमारा भैसकेपछि के को डर" "कायदा देखेर मान्छे चिनिन्छ" "कहिले सासुको पालो, कहिले बुहारीको पालो" "कसैलाइ काखा कसैलाइ पाखा" "काग भन्दा कोईली चङ्ख" "काम पाइनस बुहारि पाडाको कन्डो कन्या" "कालले मर्यो, जिब्रोलाई दोष" "कमिलालाई, मूतको पहिरो" "कि आत्नेले खान्छ कि ढात्नेले खान्छ" "किन चाउरिस मरिच आफ्नै रिसले" "के निहु पाउ कनिका पोखाउ" "केटाकेटीलाई रोईदिए भयो, पहुनालाई आईदिए भयो" "केटाकेटीले गेलेली पाको, मट्याङ्राको नास" "कुण्ड कुण्ड पानि मुण्ड मुण्ड बुद्धि" "कोइला जाती भए कालो लाग्छ, नजाती भए पोल्छ" "खाएको बिख पो लाग्छ न खाएको लाग्दैन" "खानेलाइ चारो, कमाउनेलाइ गारो" "खाने मुखलाई जुंगाले छेक्दैन" "खोलामा भा'को कुलोमा पनि आउछ" "गर्जने मेध बर्सदैन" "गाई मारी, गधा पोस्नु" "गाई खानेले, बाच्छो खान्छ" "गास छोड्नु, साथ नछोड्नु" "मकैसँग घुन पनि पिसिन्छ" "घोडा चढ्ने, लड्छ" "चटपटे साँढेका, तीन ठाँउमा डाम" "चिप्ला मुखको, धमिलो पेट" "चिचीको पनि लोभ, पापाको पनि लोभ" "चिनेको चोरले, काट्छ" "जाँगर न साँगर, खाने बेला आँ गर्" "जंगल मा मोतीको कदर हुदैन" "जहाँ स्त्री, त्यहाँ श्री" "जसले मह काढ्छ, उसैले हात चाट्छ" "जसको जौ खानु, उसैको जुङ्ग मथार्नु" "जीउको सार घाँटी, कुराको सार गाँठी" "जिउंदाको जन्ती, मर्दाको मलामी" "झिङाको सरापले दिङा मर्दैन" "जहाँ इच्छा त्यहाँ उपाय" "जेठानी गईन हिल जुत्ता किन्न, म भने भ्याकुर उसिन्दै" "जो लाउँछ चुक्ली, उही जान्छ फुक्ली" "जो गर्छ झेला उही पर्छ फेला" "जोई न जुँगा पोई न पोते, सातु न सोप्र्याक, केरा खाँदै सुसेल्दै" "जीउ भए, घ्यू पिए" "झापाद खाएपछि, बात बुज्छ" "ठाउँ न ठहर, बुढीको रहर" "ढुङाको भर माटोलाई माटोको भर ढुङालाई" "तैं रानी मैं रानी, को भर्ला कुवाको पानी" "तित्राको मुखै बैरी" "तोलाको जिब्रो चलाउनु भन्दा धार्निको टाउको हल्लाउन सजिलो" "थोत्रो घर मुसाको रजांई" "दिन उजेली सुती गुमाई, रात उजेली बिस्कुन सुकाई" "दुईटा डुङ्गामा खुट्टा राखे, डुबिन्छ" "देख्नेको आँखा फुते पछि, सुन्नेको सही" "दु:ख पाउनेले झन मिठो मिठो खान्छ" "दौरा न सौराको खल्ती" "धन देखे महादेवको पनि तिन नेत्र खुल्छ" "धोवीको कुकुर, घरको न घाटको" "धनको पखेटा हुन्छ" "धेरै खाए अमृत पनि बिख हुन्छ" "न्याउरी मारी पछुतो" "नहुने बेलामा गन्हाउने छोरा" "नहुने कि छोरी हुने मा परी,नुन को फांको हाली भुतुक्कै मरी" "नमिठो जाँडको धेरै निघार,नराम्रो मान्छेको धेरै सिंगार" "नाउँ न जस्, खरानी घस्" "नानी भन्दा आची ठूलो,लेड भन्दा बेंड ठुलो" "पाँच औंला बराबर हुन्न" "पदुवा ले खानु अदुवा" "पोहोरको मकै धेर, यसपालीको जाडो धेर" "पहिलेको तीतो, पछिको मीठो" "पुत्केको बांस, अचानो मुनी" "फूलको बास्ना वरिपरि, मान्छेको बास्ना डाँडापारी" "बत्तीमुनी अधेरो" "१२ बर्ष रामायाण पढ्यो, सिता कस्की जोई" "बलुवा निचोरी तेल आउँदैन" "बनको चरो बनैमा रमाउछ" "बिग्रनेको कुरा ज्यादा" "बन डढेको सबैले देख्छन, मन डढेको कसैले देखदैन" "बाघको छालामा स्यालको रजाई" "बाघ बुढो र स्याल तन्नेरी" "बाँदर छली, ढेधुको सभा" "बाजे पनि छैनन्, बाजेको समाउने पनि छैन" "बाहुन लाई अर्पण, पितृ लाई तर्पण, नेवार लाई खर्पन र स्वास्नी लाई दर्पण" "बाँसको हलो हुँदैन, पापीलाई भलो हुदैन" "बिंड तातेर के गर्नु,ताप्के ताते पो" "बेहुलिको आँखा, मुङ्राको तुप्पो" "बेथाको बिउ रुघा, झगडाको बिउ ठट्टा" "बैद्यका गलागाँड, ज्योतिषीका छोरी राँड" "बाउ भन्दा छोरा जान्ने खुकुरि भन्दा कर्द लाग्ने" "बोका ले गाई हुने भए बहर गोरू किन चाहियो" "बेसौलिको भाडोलाई धार्नीको पनिउ" "कर्मीको घर पानी चुहिने" "बाख्राले विराउँछ भेडाको कान काट्ने" "बिग्रेको घरको भत्केको चाला" "बितेको समय फर्केर आउदैन" "भारी माथि सुपारी" "भँडार खनेर आँगन पुर्नु" "भेडा भेडासंग बाख्रा बाख्रासंग" "भित्ताको पनि कान हुन्छ" "भैंसीको सिङ्ग आँफैलाई गरुङ्गो हुँदैन" "भोजन भन्दा भोक मिठो, ओच्छ्यान भन्दा निन्द्रा मिठो" "मन नपर्नेको सास गनाउछ, मन पर्ने को पाद बसाउंछ" "मच्चियो मच्चियो थचियो" "महाभारतको युद्द मच्चाउनु भन्दा आफ्नो सीता लुकाउनु बेस" "मान्छे तिनै हुन्, कुरा यिनै हुन्" "मुर्खले नै मुर्ख को गुण गाउँछ" "हात्ती लम्केको र घोडा चम्केको" "हानेको भन्दा ताकेको दुख्छ" "हांसको बथानमा बकुल्ला" "माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात" "माछो माछो भ्यागुतो" "मामाको घोडामा मेरो हिही" "मियाको दौड मस्जिद सम्म" "मिठो पाए जरै पनि खाने, नमिठो भए पातै पनि नछुने" "मौका आउंछ पर्खिदैन, बगेको खोला फर्किदैन" "रोटी चिल्ला मीठा कुरा खस्रा मीठा" "लागे उपकार नलागे परोपकार" "लाग्ने छुरालाई धुलो न मैलो" "लोग्नेले आंटे बर्ष दिन, आईमाईले आंटे एकैछिन" "लोभीको धन पापीले खान्छ" "स्वास्थ्य नै धन हो" "सर्पको खुट्टा, सर्पले नै देख्छ" "सावां भन्दा ब्याज प्यारो" "सुर्यलाई हथकेलाले छोपेर छोपिन्न" "सुनारको सय चोट लोहारको एक चोट" "सोझाको सहाय दैव" "सोझो औलाले घ्यु आउँदैन" "सस्तो वेसाहा पेट लागी मर्" "हतारमा गर्ने, फुर्सदमा पछुताउने" "हराएको गाई सूर्यलाई दान" "हलेदो भन्ने थाहा पाएपछि कोत्याउनु पर्दैन" "हाड रहे मासु पल्हाउछ" "हाड नभएको जिब्रो लटपतिन्छ" "हात्तिको मुखमा जिरा" "हिराको मोल किराले जान्दैन" जातिया र सायद आपत्तिजनक उखान टुक्काहरु "अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ" "अर्तीले घर्ती मान्दैन" "मरेपछि डुमै राजा" "एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी" "कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख" "कामीको पालो कात्तिकमा" "कामीको बिहे, अठार खाँचो" "कामी-दमाई माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन" "कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र" "कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस" "कुखुरा बास्यो, कामी नास्यो" "खसको कुरा, पेटको छुरा" "खसको कोखमा दाँत हुन्छ" "खसको बिहेमा मगर नास्ती" "टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन" "दमाई-कामी बोलाई नुनको खती" "दमाईको थुक चोखो, बाहुनको मुख चोखो" "दमाईको लुगामा तुना छिनेको" "सियो हराएको दमाई जस्तो" "दिनमा कमिनी कपाल कोर, रातमा कमिनी घोचा चोर" "नेवार इस्ट र बाबु दुस्ट कहिले हुँदैन" "नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ" "पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो" "ब्रत बस्ने हामी, फलाहार खाने कामी" "बाहुनको चित्त माखाको पित्त" "बाहुनको बिर्ता बोकाको मोलमा जान्छ" "बाहुनलाई खाई जाडो, क्षेत्रीलाई नुहाई जाडो" "बाहुनले च्याउ खाअोस् न स्वाद पाअोस्" "विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल" "भँडारीको बिहेमा पाँडेको परिपञ्च" "भए अन्त नभए बुढाथोकीको जन्त" "भोटेको बुद्धि भेडाको जस्तो" "मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ" "माझीको मतो गर्दा सात गाउँ डुबे" "राजाको काम छोडी कामीको देवाली" "सानो जात मात्दैन, मातेपछि बाँच्दैन" "सार्कीको देउता, अक्षताले मान्दैन" "सार्कीको सरापले, डिँगो मर्दैन" "क्षत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले" "जहाँ दही, त्यहीँ बाहुनको सही" "जहाँ गुलियो, त्यहीँ बाहुन भुलियो" "जहाँ केरा, त्यहीँ बाहुनको डेरा" "ताक परे तिवारी, नत्र गोतामे" "मगरको बुद्दी, कोदाको तेल" "गिट्ठा भ्याकुर पलायो, मगर बुढो रमायो" "काम गर्ने हामी, पुच्छर खाने कामी" "कुमाईको घुमाइ- पूर्वीयाको जाल, गुरुङको बुद्धि- नेवारको काल" "कुमाईको घुमाइ, जैसिको जाल, बाठोलाई आपत, लाटालाई काल" "थारुलाई दारु र मुसा भए केही चाहिँदैन" "लिम्बुको बुद्धि घुँडामा" "जाँड खाएको सार्की जस्तो" "आईमाईको रुद्रघण्टी हुँदैन" "भाग्यमानीको निधार ठुलो, अभागीको लक्कद ठुलो" "सूजी न बुजी चम्किन्छ मुजी" "ती युग गए, यी युग आए, म्वाई खाने ठाउँमा भुत्ला पलाए" “बाहुन मर्दा खोलामा, एक माना चामल झोलामा, भोट्टे मर्दा डाडाँमा, एक माना चामल भाढामा” "जता जता सुरुङ, त्यता त्यता गुरुङ” "राजाको छोरा राजै, पाजीको छोरा पाजी" "सर्किनिको कण्ठश्री" "सुनारको सय चोट लोहारको एक चोट" "भोटे देखी गाई तर्सन्छ" "नेवारको बुद्धी, बाँदरको चाकमा" "भोटेको बाख्रा ल्याउदै नल्याउनु,ल्याउनै परे ल्याउन साथ काटी हाल्नु" "देउतालाई मालाको अर्पन, ज्यापुलाई मुलाको खर्पन" “ज्यालामा नमिलेको कामी-दमाई जस्तो” "सिङ खुर सहीतम बेत रहितम इमाम गाम, बुढो गाई सार्की हाम" "नेवारको बुद्धी तोलामा, भोटेको बुद्धी गुहुमा" "गरीवलाई दिन्छु नभन्नु, रांदीलाई लान्छु नभन्नु" "जती सेकेपनी चिसो जात, तामाङ,शेर्पा,किरात" "बुढो मान्छेको लुरे माल, कुमार केटाको भंगेरे ताल" "पल्लो गाउँमा शोकको सङ्ख, वल्लो गाउँमा बाहुन दङ्ग" |
No comments