The vulture and the little girl
यस तस्बिरलाई "The vulture and the little girl " नाम दिइएको थियो । यो तस्बिरमा एक गिद्ध भोकले मर्न लागेको सानी बच्चीको मृत्यु को प्रतीक्षा गरिरहेको छ । यो तस्बिर एक साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टर ले सन् 1993 मा सुडानमा अनिकालको समयमा खिचेको थियो र त्यस बापत उनले पुलित्जर पुरस्कार बाट सम्मानित पनि भएको थियो तर कार्टर ले त्यस सम्मानको आनन्द केही दिन मात्र लिन पाए किनकी केही महिना पछि 33 वर्षको उमेरमा उनले आत्मा हत्या गरे । के भयो त ?
निसन्देह उसले जब पुरस्कार बाट सम्मानित भए र खुसीयाली मनाउँदै थिए सारा दुनियाँ मा प्रमुख च्यानल, सञ्चार माध्यम मा चर्चा भइरहेको थियो। जब उसलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो की " त्यसपछि त्यो बच्ची को के भयो ? " कार्टर ले भन्यो म त्यहाँ रोकिइन । किनकी उसलाई फ्लाईट पकड्नु थियो । त्यस कुरामा उक्त व्यक्ति ले भन्यो "म तपाईंलाई भनिरहेको छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्ध थियो जसमध्ये एक को हातमा क्यामेरा थियो।" उक्त कथन ले कार्टर लाई यति विचलित बनायो की अन्त्यमा अवसाद मा पुगे र आत्मा हत्या गरे ।
त्यसैले कुनैपनि स्थितिमा केही कुरा हासिल गर्नु भन्दा पहिले मानवता जगाउनु पर्छ । कार्टर आजपनि जीवित रहन्थे यदि उसले बच्चीलाई उठाएर युनाइटेड नेशन्स को फिडिङ सेन्टर पुर्याएको भए , जहाँ पुग्नको लागि बच्ची कोशिस गरिरहेको थिइन् ।
शिक्षा : जब कुनै मौका पर्छ यस्तो परिस्थितिमा फोटो खिचाई सँगै उद्दारमा पनि जोड बलले लागौं ।
यदि मन पर्यो भने Like, Share गर्नु होला !
यो पढेर यहालाई कस्तो लाग्यो?
१, खुशी
२, दुख
३, रहस्य अनि यस्तै छ दुनिया
४, अमुल्यको पाठ



यदि मन पर्यो भने Like, Share गर्नु होला !
यो पढेर यहालाई कस्तो लाग्यो?
१, खुशी
२, दुख
३, रहस्य अनि यस्तै छ दुनिया
४, अमुल्यको पाठ
No comments