Listen Nepali Songs

Know New

सन्तोष चालिसे - नेपाली कांग्रेस र राजनीति


२०१५ सालमा काठमाडौंको आरुबारीमा जन्मिएका सन्तोष चालिसे हाल गोकर्णेश्वर नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनी प्रसिद्ध साहित्यकार स्व. रमेश विकलका भाइ पनि हुन् ।

२०३९ सालबाट नेपाली कांग्रेसको राजनीति गरेका चालिसे संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भए ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति उनी यसपटक यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् । 

स्थानीय उम्मेदवार उनी पञ्चायतको समयदेखि बहुदल र गणतान्त्रिक शासन व्यवस्थासम्म जनप्रतिनिधि भएर विकास निर्माणका काममा संलग्न रहँदै आएका छन् । चार दशक लामो राजनीतिक–सामाजिक र व्यावसायिक अनुभव भए पनि प्रतिनिधिसभाका लागि भने उनी नयाँ हुन् । 

आर्थिक रूपमा सबल चालिसे राजनीति गर्न कसैसँग चन्दा लिनुपर्ने वा पदको दुरुपयोग गर्नुपर्ने अवस्थामा आफू नरहेको बताउँछन् । ‘राजनीतिमा इमान पनि हुन्छ भनेर देखाउन कोसिस जारी राखेकै छु’ उनी भन्छन्, ‘अब पनि त्यही इमानका साथ जनताको हितमा काम गर्नेछु ।’

गत स्थानीय तह चुनावमा काठमाडौं–३ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । उक्त चुनावमा कांग्रेसले १५ हजार ७९५, एमालेले १४ हजार ८७६, नेकपा (माओवादी केन्द्र)ले १ हजार ७३०, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ५६ र स्वतन्त्र उम्मेदवारले १ हजार ३१४ मत पाएका थिए ।

एमालेले काठमाडौं–३ मा कृष्णबहादुर राईलाई दोहो¥याएको छ । स्थानीय चुनावी यो नतिजा भने चालिसेको लागि अनुकूल छ । गठबन्धन दलहरूको मत एकमुष्ट डोल्याउन सकेको अवस्थामा उनले अघिल्लो पटकका विजयी राईलाई रोक्न सक्ने सम्भावना देखिन्छ ।   

No comments