Listen Nepali Songs

Know New

भोटो जात्रा पूर्व मन्त्री शेर बहादुर तामाङको एक विचार

 


भोटो जात्रा पूर्व मन्त्री शेर बहादुर तामाङको विचार !

भोटो जात्रामा देखाइएको भोटो सक्कली कि नक्कली
रातो मछिन्द्रनाथको जात्रा एक ऐतिहासिक साँस्कृतिक परम्परा जोडिएको जात्रा । यस जात्रामा आज भोटो देखाईन्छ । किंनदन्ती अनुसार कर्कोटक नागले आफ्नो नागिनीको उपचार बापत वैद्यलाई उपहार स्वरुप दिएको सो भोटो चोरी भएको र त्यो भोटो मछिन्द्रनाथको रथ यात्राको क्रममा वैद्यले चोरलाई पक्डेको । चोर र वैद्यको भोटोको विषयमा झगडा देखेर राजा गुणकामदेवका सिपाहीहरुले उनिहरुलाई राजाकहाँ हाजिर गराए । वैद्यले आफुलाई उपहार पाएको तर्क गरे भने चोरले आफुले भेट्टाएको भनेर भने । राजाले अर्को रथ यात्रामा जसको हो उसले प्रमाण लिएर आउन भने र पुजारीकोमा भोटो राख्न लगाए । अर्को वर्ष मछिन्द्रनाथको रथयात्रामा भोटो देखाएर प्रमाण भए दावी पेश गर्न भने तर कसैले प्रमाण सहित दावी गर्न सकेन र अहिलेसम्म पनि रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भोटो देखाएर कसैको हो भने प्रमाण सहित हकदावी पेश गर्न भनिन्छ । यो भयो पौराणिक किंवदन्ती ।



यो परंपरा अहिले पनि जारी छ । अहिले जताततै भ्रष्टाचारको बिषय उठेको छ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर विदेश पठाउने विषयले देश गर्माएको छ । यसै प्रशंगमा यो भोटो कर्कोटक नाग कै पालाको हो त ? कि कुनै बेला नक्कली बनाई सक्यो !? म सात कक्षामा पढ्ने बेलामा नै भोटोको प्रसंग सुनेको थिएं । कसैले भोटो बेची सकेको र सो सक्कली भोटोको ठाउँमा नक्कली बनाएर राखेको प्रसंग सुनेको थिएं ।
त्यतिबेला अहिले जस्तो नागरिक जागरुक थिएन । संचार माध्यम पनि यति सशक्त थिएन । बिषय त उठेकै हो । के त्यसो भए जसरी ओरिजिनल कभर लेटरमा जसरी नक्कली भूटानी शरणार्थी खडा गरियो त्यसै गरि नक्कली भोटो खडा पो गरियो कि ? प्रश्न छ । हरेक मछिन्द्रनाथको रथयात्रामा देखाउने गरेको भोटो नक्कली पो हो कि ?
हाम्रा साँस्कृतिक धरोहरहरुमा जीवित प्रमाणहरु साटिसके कि ? यस तर्फ सबैको ध्यान जाओस । कामना गरौं भोटो सक्कली नै होस ।
फेरिपनी रातोमछिन्द्रनाथको यस महान साँस्कृतिक पर्वमा सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना ।


No comments