Listen Nepali Songs

Know New

राजा त्रिभुवनको समयको पाँच पैसै सिक्का

बि. सं. १९७६ सालमा राजा त्रिभुवनको शासनकालमा निष्काशित पहिलो पाँच पैसा देखी लिएर राजा विरेन्द्रको शासनकालमा बि.सं. २०४७ सालसम्म निष्काशित अन्तिम पाँच पैसाको सिक्कामा अब केही सालका सिक्का मात्र संकलनमा नपुग छ ।
राजा त्रिभुवनको शासनकालको शुरुमा १ पैसा, चौथाइ मोहर, आधा मोहर, मोहर तथा डबल मोहर निष्काशित हुन्थे । १९७१ मा चार मोहर पनि निष्काशित भएको थियो । दुइ पैसे तथा पाँच पैसे सिक्का १९७६ बाट मात्र निष्काशन भएको थियो । दश पैसे सिक्का भने २०१० पछि मात्र निष्काशन हुन थालेको थियो ।
मेरो संग्रहमा पाँच पैसे सिक्कामा राजा त्रिभुवनको केही सिक्का मात्र संग्रह गर्न बाकि छन् । बिसं १९९०, १९९९ तथा २००१ देखि २००८ मा भने पाँच पैसाका कुनै सिक्का निष्काशन भएको थिएन ।



No comments