Listen Nepali Songs

Know New

राजा महेन्द्र र उनले गरेका कार्यहरू

 राजा महेन्द्र र उनले गरेका कार्यहरू :


यिनि नेपालका यस्ता राजा थिए जस्को शासनकालमा नेपाल मात्र होइन, पूरा बिश्वनै चकित थियो, आखिर यति सानो ठाउँमा बसेर सिमित हात हतियारले कसरी यत्रो कान्ड धमाधम गर्दै जान्छ त यो मान्छेले,
आउनुहोस चिनौ यो मान्छे र यसले गरेका कार्यहरू"
उनको नाम थीयो "डन MBBS"
उनका अपराध हरु क्रमश,,
१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।
२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध ।
३.भारतीय मुद्राको चलनमा रोक।
४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक।
६.पञ्चवर्षीय योजनाको शुरुआत।
७. राष्ट्रबैंक स्थापना।
८.भूमिसुधारको व्यवस्था ।
९. विकेन्द्रीकरणको थालनी।
१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११.सर्वोच्च अदालत स्थापना।
१२.सेना र प्रहरीको आधुनिकीकरण।
१३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४.त्रिभुवन विश्वविद्यालयको स्थापना शिक्षाको विकासतर्फ एक महत्र्वपूर्ण कार्य । यस कार्यले मानविकी र व्यवस्थापनसम्बन्धी शिक्षामा विदेशमा जाने बाध्यतालाई समाप्त पार्ने काम ।
१५. २०१४ सालमा नेपाल एकेडेमी (आजको नेपाल प्रज्ञाप्रतिष्ठान)को स्थापना हुनु भाषा-साहित्य र संस्कृतिको क्षेत्रमा आधारभूत कार्य ।
१६. रोयल नेपाल एअरलाइन्स २०१४ को स्थापना अर्को महत्र्वपूर्ण कार्य । उपर्युक्त प्रमुख संस्थाहरूको स्थापनासँँगै उद्योग वाणिज्यको विकास गर्ने कैयौं अरू संस्थाहरू खडा गरिएका थिए ।
१७.पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।
१८.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना गराएक हुन्।
१९. २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनलेे नेपाललाई स्वाबिलिम्ब अर्थतन्त्र उन्मुख गराए ।
२०.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना।


No comments