जंगबहादुरले धरहराबाट फाल हाल्न बनाएको 'प्यारासुट' को इतिहास
जंगबहादुरले धरहराबाट फाल हाल्न बनाएको 'प्यारासुट'
सन् १८४१ मा आधुनिक प्यारासुटको विकासले खासै व्यापकता नपाएको सन्दर्भमा जंगबहादुरको कल्पनालाई मान्नै पर्ने हुन्छ ।
कप्तान जंगबहादुरले तत्काल धरहराबाट फालहाल्नु नपरेपनि सन्की युवराजले कुनबेला "जंगे लाै फाल हाल् " भन्ने हो ? तसर्थ फाल हाल्नु नै परेमा के गर्न सकिन्छ, त्यस विषयमा सोच विचार गरी जंगबहादुरले शीघ्राती शीघ्र २ वटा बाँसका ठूल्ठूला हल्का तर मजबुत छाताहरू पाटनमा बनाउन अह्राए । जंगबहादुरको भाग्य बलियो, युवराजले उनलाई धरहराबाट फाल हाल्न लगाउने कुरो बिर्सिए साथै अरूले पनि सम्झाइ दिएनन् ।
फिल्ड मार्सल रूद्रशमशेरको कथनअनुसार वि.सं. १९५८ (सन् १९०१) सम्म पनि श्री ३ देवशमशेरको थापाथलीस्थित दरबारको गारतमा जंगबहादुरले निर्माण गराउन लगाएका २ वटा बाँसका विशाल छाताहरू राखिएका थिए ।
No comments