Listen Nepali Songs

Know New

अनन्तलिङ्गेश्वर मन्दिरको इतिहास

 सूर्यविनायक नगरपालिका वडा नं-४, दधिकोटमा रहेको अनन्तलिङ्गेश्वर महादेव मन्दिरको रात्रिकालीन दृश्य।

भक्तपुर जिल्लामा रहेका प्रमुख धार्मिक तीर्थस्थलहरु मध्ये अनन्तलिङ्गेश्वर मन्दिर पनि एक प्रमुख तीर्थस्थल हो। लिच्छिविकालमा अनन्तलिङ्गेश्वर क्षेत्रलाई हंशगृह भनिन्थ्यो । त्यसका मुख्य देवता लोकपाल स्वामी नै 'अनन्तलिङ्गेश्वर' भएको कुरा इतिहासविद्हरुले बताएका छन्। यहाँ भेटिएको शिलालेख अनुसार राजा नरेन्द्रदेवले सातौं शताब्दीमा यस मन्दिरको जीर्णोद्धार गराएका थिए ।
अनन्तलिङ्गेश्वरबारे किंवदन्ती छ । यहाँको जंगलमा ऋषिमुनिहरु तपस्या गर्दथे । उनीहरु पानी खोज्दै डाँडाको काखमा पुगे । कुवा खन्दा शिवलिंङ्ग फेला पर्यो । ३० फिट गहिराइमा पुग्दा समेत लिंगको फेद भेटिएन । बरु रगत आयो। त्यहि बेलादेखि यिनलाई 'अनन्तलिङ्गेश्वर' भनेर पुज्न थालिएको कथन छ । ऋषिहरुले नजिकै फेरि कुवा खने । त्यों कुवाको पानी मिठो छ। खाँदा रोग निको हुन्छ भन्ने विश्वास छ। राणा प्रधानमन्त्री चन्द्र शमशेरले यहाँको पानी झिकाएर खान्थे भनेर बूढापाकाहरु बताउँछन् ।


No comments