Listen Nepali Songs

Know New

विवाह

 बिबाह जीवनमा एकपटक गरिने भन्दै बिबाह निकै खर्चिलो र भड्किलो बनाउने गरिन्छ । आबश्यकता भन्दा बढी जन्ती लगिदिने तथा शहरै उल्टिने गरि निम्तो बाँडिदिने यहाँ धेरै भेटिन्छ ।

बिबाह दुइ परिवारको मिलन मात्र होइन एउटा नयाँ जीवनको शुरुवात पनि हो । र सबैभन्दा महत्वपूर्ण यो वंशको निरन्तरताको लागी पनि गरिन्छ । एक पुरुषसंग एक महिला बिचको बिबाहको पहिलो प्रमाण ई.पू.२३५० मा भेटिन्छ ।
बिबाहको यो तस्विर तेह्रथुम जिल्लाको म्याङलुङको हो । यहाँ दुलाहा ढाकाको टोपी लगाएको देखिन्छ भने दुलही डोलीमा सुतेको देखिन्छ । पुरानो डोली लामो एकमात्र काठ वा बाँसमा कपडा बाँधेर बनाइएको हुन्थ्यो । जसमा दुलहीलाई सुताएर राखिन्थ्यो । प्राय दुलहीलाई माथीबाट पछ्यौरीले छोपिन्थ्यो । तर यो तस्विरमा दुलहीले हेरिरहेको देख्न सकिन्छ ।


No comments