Listen Nepali Songs

Know New

बनेपाको इतिहास

 बनेपाकाे इतिहासकाे क्रमिक बर्णन गर्ने क्रममा राणाकालका केही जानकारी गराउन चाहन्छु । राणाकालमा खाने तेलकाे नियमित अापुर्ती गर्न बनेपामा १६ वटा काेलकाे स्थापना गराएका थिए । यसरी दैनिक १६ मुरी ताेरी पिसेर तेल तैयार गरिन्थ्याे । याे कार्य निकै खर्चालु देखियाे । भारतबाट सस्ताेमा पिसिएकाे तेल अाउन थालेपछि काेलहरू बिस्तारै बन्द भए । घरबुना कपडाका तानहरू पनि राख्न थालियाे । यहा तैयार भएका कपडाहरू काठमाडाै खपत हुन थाल्याे । त्यसैगरि दुध बितरण केन्द्रकाे स्थापना पनि २०१४ सालतिर भयाे ।

त्यस्तै बि.सं. १९९७ मा जाजरकाेटे राजाका कान्छा छाेरा हरिबिकम शाहले ठाउ ठाउमा अमृतधाराकाे स्थापना गराएका थिए । त्यसैगरी डा. स्टेनले र रेलिन स्टर्गले नेपालमा क्याराेलिन र चार्ल्स जे. शिरकाे ट्रस्टबाट अस्पताल खाेल्न चाहेकाे कुरा राजा महेन्द्रलाइ भनेपछि राजा महेन्द्रले बनेपामा अावश्यकता रहेकाे र त्यहा अस्पताल खाेल्न अनुमति दिएपछि बनेपामा Seventh-day Adventist medical missionaries काे रूपमा Scheer Memorial Hospital खाेलेका थिए ।



No comments