Listen Nepali Songs

Know New

खप्तड बाबा बारे

 खप्तड बाबा धेरैले चिन्ने नाम हो यो । पश्चिम नेपालको बझाङ जिल्लाको दुर्गम खप्तडको जंगलमा अाश्रम बनाएर बस्नु भएकोले नै वहालाइ खप्तड बाबा भनेर सबैले चिन्न थालेका हुन् ।


काश्मिरी पण्डित कुलमा जन्मनु भएका वहा एम.वि.वि.एस. अध्ययन पूर्ण गरि बेलायतबाट शल्यचिकित्साबिज्ञ पनि भइ उपचारमा संलग्न हुनुहुन्थ्यो । बि.सं. १९३६ माघ २९ गते जन्मनु भएको मानिएका वहा १९८६ मा अाफ्नो डाक्टरी पेशालाइ सन्यास दिएर श्याम चेतन बाबा, ब्रितिस नागरिक इभान वेन्टज तथा अन्य तीनको साथमा नेपाल पस्नु भएको थियो । काशीमा पनि पूर्विय दर्शनको अध्यापन गर्नुभएका वहा साधनामा लिन हुन द्वापर युगमा युधिष्ठिरले स्वर्गमा जानको लागी प्रयोग गर्नुभएको विश्वासले वहाले पनि यहि ठाउमा साधना गर्न अाउनु भएको थियो । शुरूमा स्वामी सच्चिदानन्द सरस्वतीले चिनिनु भएका वहा श्री १००८ ब्रम्हवित परमहंस योगी सच्चिदानन्द सरस्वतीले प्रख्यात हुनुभयो ।
अन्तमा ११८ वर्षको उमेरमा खप्तड बाबाको २०५३ सालमा स्वर्गारोहण भएको थियो । वहाले अाफ्नो जिवनकालमा थुप्रै पुस्तकहरू पनि रचना गरेका थिए ।



No comments