Listen Nepali Songs

Know New

डिसी ३ जहाजको इतिहास

यो कुनै दुर्गम गाँउमा भर्खर सञ्चालित ट्रकमा सफर गर्न बाध्य यात्रु होइन । यो जहाज भित्रको दृश्य हो । जहाजको दुइ तर्फ मानिस बस्न मिल्ने बेञ्च झै सिट राखिएको छ । बिचमा यात्रुका सामग्रीलाई थुपारेर राखिएको छ । कतै झुण्डिएर यात्रा गर्नुपर्ला भनेर लामो डोरी पनि बाँधिएको छ ।


हो यो नेपालमा अमेरिकी सरकारबाट उपहारमा पाएको डिसी ३ जहाजको भित्री दृश्य हो । दोश्रो विश्व युद्धको समाप्ती पछि अमेरिकी सरकारसंग रहेको करिव ३००० डिसी ३ जहाजलाई के गर्ने भन्ने चिन्ता लाग्न थाल्यो । अमेरिकी सरकारले सस्तोमा र उपहारमा जहाज बेच्न र बाँड्न थाले । कतिपय भारतीय नवधनाध्य तथा राजा रजौटाहरुले पनि डिसी ३ खरिद गरे । यहि डिसी ३ नेपालकै लखेटिएका राणा महाविर शम्शेरले पनि खरिद गरेर नेपालमा हिमालयन एभियशन नामबाट हवाइ यातायात सञ्चालन गरेका थिए । त्यस्तै दरभंगामा महाराजा कामेश्वर सिंहले पनि नेपालमा दरभंगा एभिएशन नामबाट हवाइ यातायात चलाएका थिए ।
२०१५ सालमा नेपाललाई उपहारमा दिएको तीनवटा डकोटा डिसी ३ बाट नै शाही नेपाल वायु सेवा निगमको जन्म भएको थियो ।



No comments