Listen Nepali Songs

Know New

शरिरमा यी १० लक्षण देखियो ? तुरुन्त अस्पताल जानुस् क्यान्सर हुनसक्छ !

 

शरिरमा यी १० लक्षण देखियो ? तुरुन्त अस्पताल जानुस् क्यान्सर हुनसक्छ !

चाहे तपाइँ धनी हुनुहोस् या गरिव क्यान्सरले ज्यान लिन्छ । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन ।

तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् ।

विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।

– निरन्तर खोकी- फोक्सोको क्यान्सर
फोक्सोको क्यान्सर धेरै नै नफैलिएसम्म अधिकाँश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।

– शरीरमा भएका मुसाको रंगमा परिवर्तन- स्किन क्यान्सर
मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा अुहाारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ

यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

– दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर
दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

– मुख भित्र सन्चो नहुने घाउ- धेरै प्रकारका क्यान्सर
अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।

मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

– निल्न समस्या- खाना नलिको क्यान्सर
खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाइँको खाना नलीमा क्यान्सर भएको संकेत हुन सक्छ । नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।

– रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर
अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाइँको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

– पिसावमा रगत- प्रोष्टेट क्यान्सर
पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाइँलाई प्रोष्टेटमा समस्याका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

– अनावश्यक टुडुल्को उठ्नु
कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकाँश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।

– रहस्यमय दुखाइ- धेरै प्रकारका क्यान्सर
शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पा-ठेघर वा गु-दद्वा-रको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाइ हुन सक्छ ।

– दिसा/पिसावमा रगत- गु-दद्वार क्यान्सर
दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गु-दद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

क्यान्सर हुनुभन्दा अघि शरीरले दिन्छ यस्ता संकेत

क्यान्सर हुनुभन्दा अघि शरीरले दिन्छ यस्ता संकेत, वेवास्ता गर्दा ज्यानै जोखिम
क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।

पिसाबमा समस्या –
छिटो–छिटो पिसाब लाग्नु, पिसाब गर्दा दुख्नु, पोल्नु, पिसाब रोक्न गाह्रो हुनु यो प्रोस्टेड क्यान्सर वा प्रोस्टेट ग्रन्थिको आकार ठूलो हुनुको संकेत हो ।

अण्डकोषमा परिवर्तन –
अचानक अण्डकोष सुन्निनु, भारी महशुस हुनु वा कुनै परिवर्तन महशुस हुनु पनि अण्डकोष वा प्रोस्टेट क्यान्सरको संकेत हो ।

पिसाबमा रगत देखिनु –
पिसाबमा रगत देखिएमा यो ब्लड वा किड्नी क्यान्सरको संकेत हो ।

दिसामा रगत देखिनु –
दिसामा रगत देखिएमा मलद्धारका नली सुन्निएको, ब्लड, वा किड्नी क्यान्सरको संकेत हो ।

छालामा परिवर्तन –
छालामा कुनै दाग, तिल वा कालो रंगमा कुनै परिवर्तन आएमा छालाको क्यान्सरको संकेत हुनसक्छ ।

लिम्फ ग्रन्थिमा परिवर्तन –
लिम्फ गन्थि सानो हुन्छ, जुन गर्दन र शरीरको केही भागमा रहेको हुन्छ । यसले हामीलाई जाडोबाट बचाउँछ । शरीरमा क्यान्सर सेल्स बढेमा यसको काम गडबढ हुन जान्छ । यस्तो अवस्थामा घोक्रोमा संक्रमण वा शरीर सुनिने समस्या हुन्छ । यदि यो समस्या ४–५ दिनसम्म चलिरह्यो भने बेवास्ता नगर्नुहोस् ।

निल्न गाह्रो हुनु –
खाना निल्न गाह्रो महशुस भएमा र अचानक तौल कम भएमा वा वान्ता हुने समस्या भएमा यो घाँटी वा पेटको क्यान्सर हुनसक्छ ।

मुटु पोल्नु –
गलत भोजन वा तनावका कारण हार्टबर्न अर्थात् मुटु पोल्ने समस्या हुन्छ । तर, लामो समयसम्म यो समस्या भइरह्यो भने, यो पेट वा घाँटीको क्यान्सरको संकेत हुन सक्छ ।

मुखमा –
यदि तपाई धुम्रपान गर्नुहुन्छ भने मुखमा क्यान्सर हुन सक्छ । मुखको भित्री भाग वा ओठमा सेतो वा रातो रंग देखिएमा यसलाई बेवास्ता नगर्नुहोस् ।

वजन घट्नु –
भोजन वा व्यायाममा कुनै परिवर्तन नगरिकनै वजन कम हुन थालेमा यसलाई सामान्य नसम्झनुहोस् । यो प्यानक्रियाज, पेट वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।

क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।

यी माथीका संकेतहरु अन्य रोग लाग्दा पनि शरिमा देखिने गर्छन्। लामो समयसम्म यस्ता संकेत देखिएको छ भने स्वास्थ्य जाँचको लागि जानु उपयुक्त हुन्छ।

No comments