साङ्ग्ला, जुम्रा, मुसा भगाउन देखि सर्प को बिष मार्न सम्म अत्यन्तै उपयोगी तेजपत्ता जान्नुहोस्
साङ्ग्ला, जुम्रा, मुसा भगाउन देखि सर्प को बिष मार्न सम्म अत्यन्तै उपयोगी तेजपत्ता जान्नुहोस
यस्तै धेरै फाइदाहरु छन् जुन तेजपातको प्रयोगले प्राप्त गर्न सकिन्छ । यहाँ हामीले त्यस्तै जानकारीहरु संकलन गरेका छौँ । कृपया पढ्नुहोला ।
तेजपत्ताका फाइदा यस्ता छन्
१. सर्पको विष झार्छ
सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ, भनिन्छ तर तेजपत्ताकै भरमा नपरी प्राथमिक उपचारका लागि सर्पले टोकेको ठाउँमा यसको प्रयोग गर्दा फाइदाकारी हुन्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।
२. जुम्रा मार्न
टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।
३. निद्रा राम्रो लाग्छ
यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ ।
४. नाकबाट रगत बग्न रोक्छ
गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।
५. रुघा–खोकी ठीक पार्छ
रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।
६. मस्तिष्कको क्षमता बृद्धि गर्न
दालचिनीको प्रयोगले सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए
यहाँ तपाईहरूलाई हामीले थप सम्बन्धित जानकारी पस्केका छाैँ ।
यस्ता छन् साङ्लाको कारण लग्न सक्ने रोग
साङ्ला देख्दा हामीलाई घिन लाग्छ कतिलाई त डर पनि लाग्छ । गर्मी बिस्तारै बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुख दिन्छ । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलाई, फोहोर फैलाउँछ साथै खानेकुरालाई दुषित बनाइदिन्छ ।
साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन गर्दा पेटसम्बन्धि समस्या हुन्छ । त्यसैले गर्मी याममा साङ्लाको संक्रमणबाट बच्न विशेष सर्तकता अपनाउनुपर्छ ।
घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दुषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।
साङ्लाको कारण लाग्नसक्छ यस्ता रोग
१.ब्याक्टेरियाको कारण संक्रमण
साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।
२.दमको समस्या
साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।
३.फूड प्वाइजन
साङ्लाको कारण फूड प्वाइजन हुने संभावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुनसक्छ । किनपनि यस्तो हुन्छ भने, साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।
४.एलर्जीको खतरा
साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट र्याल निकाल्छ । त्यस्तो र्याल भान्साको कुनैपनि सामानमा रहनसक्छ ।
भाँडावर्तन, खानेकुरामा र्याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको र्याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।
साङ्ला भगाउने यी ४ घरेलु उपाय अफ्नाउनुस
१.साबुन पानी
साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्दछन् । साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन । साङ्लाले श्वास फेर्न छालाको सहारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फेर्न अथवा लिन अप्ठ्यारो हुने कारणले गर्दा साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।
प्रयोग बिधि
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ । सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारै तिर झोल को अलि चौडा घेरा बनाउँदा पनि हुन्छ ।
अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाग्न खोज्छन् । केही मर्छन् । भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् ।
२.तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग सांग्ला भाग्ने गर्छ । केही पत्ता सांग्ला धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।
३.सोडा र चिनी
सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।
४.ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।
५.मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निकै सावधानी र सजगता भने अपनाउनु पर्ने जरुरी रहन्छ ।
साङ्ला रहनको लागी ओसिलो ठाउँ अतिनै अनुकूल मानिन्छ । त्यसैले पनि आफ्नो भान्सा कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म भएपनि राहत हुन्छ ।
जान्नुस् लौकाका अदभुत गुणहरु
लौकालाई भोजनमा सामेल गराउनाले शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुदैजान्छ । जसले मुटु सम्बन्धि या कोलेस्टोलले हुने अन्य समस्या हुदैन । यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ ।
तपाईलाई लौकाको तरकारी खान कत्तिको मन पर्छ ? कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन् । यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने गर्दछन् । तर के तपाईलाई थाहा छ लौकाले तपाइको आलश्यपन हटाउने देखि लिएर शरीरको तौल पनि कम गर्दछ ।
जान्नुस लौकाका गुण यस्ता छन्
लौका खानाले पेटमा भारीपन रहदैन् । प्रतिदिन ताजा महसुस गर्नेको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ । लौका शरीरको तौललाई छिटो कम गर्नमा सहयोग छ ।
त्यसैले यसलाई जुस बनाएर वा नुनका साथमा खान सकिन्छ । लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी छ ।
लौकालाई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुँदै जाने गर्दछ । डाइबिटिजका रोगीका लागि लौका सेवन एक प्रभावकारी उपाए हो । डाइविटिजमा खाली पेट लौका सेवन गर्नु राम्रो हुन्छ ।
मुत्र सम्बन्धि समस्याको लागि पनि लौका खानु राम्रो उपाय हो। यसले शरीरमा सोडियमको मात्रालाई कम गर्न सहयोग गर्छ । लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ । जसले गर्दा शरीर आकर्षक देखिन्छ । कतिपय महिला वा युवती यसको लागि लौकाको प्रयोग गर्दछन् ।
गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।
लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।
लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।
यस्ता छन् लौकाको जुसको फाइदाहरु
मानिसहरुले लौका भन्ने बितिकै तरकारी मात्र हुन्छ भन्ने सम्झिन्छन् तर लौकाको तरकारी मात्र नभई जुस बनाएर पनि खान सकिन्छ । जसले गर्मि मौसममा शरीरलाई धेरै फाईदा पुर्याउछ ।
१. शरीर भित्रको फोहोर सफा गर्ने
लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।
२. कब्जियतलाइ आराम
लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।
३. शक्तिको लागी
यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले फाइदा पुर्याउँछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।
४. पिसाब इन्फेक्सनका लागि
यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ ।
लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।
५. ओजन घटाउन मद्धत
लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।
घरभित्रको सरसफाइक केहि टिप्स
१. खाना खाइसकेपछि पकाउने भाँडाकुँडा साबुन अथवा सफा खरानीले माझनुहोस्। यदि सकिन्छ भने ती भाँडाकुँडालाई घाममा ओभाउन दिनुहोस्।
२. घरभित्र (बस्ने ठाउँ) सधैं सफा गर्नुहोस्। भुइँ बढार्ने र पखाल्ने गर्नुहोस्। भित्ता, खाट र टेबलकुर्सीमुनि पनि सफा गर्नुहोस्। भित्ता र भुइँमा साङ्ला, उडुस र बिच्छीजस्ता किराहरू लुक्नसक्ने प्वालहरू छन् भने टाल्नुहोस् ।
३. उपियाँ, उडुस र अन्य परजीवीहरू मास्न बिच्छयौना र लत्ताकपडा घाममा सुकाउनु होस्।
४. भुइँमा नथुक्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक, मुख हात, कपडा वा रुमालले छोप्नुहोस् र त्यसपछि हात धुनुहोस्।
५. चपीमा दिसा-पिसाब गर्नुहोस् । केटाकेटीलाई पनि चपी जान सिकाउनुहोस्। यति गर्न नसके कम्तीमा पनि उनीहरूलाई दिसा—पिसाब गर्नका लागि घर र खानेपानीको स्रोतबाट टाढा पठाउनुहोस्।
व्यक्तिगत सरसफाइका केहि टिप्स
१. सकिन्छ भने दिनहुँ साबुनपानीले नुहाउनु (धुनु) ज्यादै राम्रो हुन्छ । नसके हप्तामा दुई चोटी नुवाए पनि हुन्छ ।
२. खाना पकाउनुअगि, खाना खानुअगि, दिसा—पिसाब गरिसकेपछि र केटाकेटी तथा रोगीको सेवा गर्नुअगि र पछि आफ्ना हात धुनुहोस्।
३. यौनाङ्गहरू दिनहुँ सफा पानी र साबुनपानीले धुनुहोस्। तर डुस (Douche) अथवा योनी भित्र पानी हालेर पखाल्ने कहिल्यै नगर्नुहोस्। महिलाको योनीबाट निस्केको तरल पदार्थले स्वतः यौनाङ्गलाई सफ राख्छ तर डुस गर्दा यो पखाल्दा तरल पदार्थ बग्ने हुँदा उनको योनीमा संक्रमण हुनसक्छ ।
४. यौन सम्पर्कपछि पिसाब फेर्ने गर्नुहोस् । यसो गर्नाले पिसाब नलीको संक्रमणलाई रोक्न सकिन्छ तर गर्भ भने रोकिँदैन ।
५. दिसा बसिसकेपछि राम्ररी पुछ्नुहोस् वा सफा पानीले पखाल्नु होस्। दिसा जहिले पनि अगाडिबाट पछाडितिर पुछ्नुपर्छ । पछाडिबाट अगाडि पुछ्दा किटाणु र परजीवीहरू पिसाब नली र योनीमा पुग्न सक्छन् ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
No comments