मन छुने भनाइहरू
१. सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।
२. कहिले पनि भिडमा सामिल नहुनु किनकि भिडले हिम्मत दिए पनि तिम्रो पहिचान खोसि दिन्छ त्यसैले आफ्नो पहिचान बनाउनु छ भने आफ्नो बाटो आफै खन्ने गर ।
३. सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ ।
४. गल्ति गर्दै नगर्नुले सफल बनाउने होइन, गल्ति गरेर पनि त्यसलाई न दोहोर्याउनुले सफल बनाउने गर्दछ ।
५. दुस्मन र मित्रलाई कहिल्यै पनि बिश्वास दिलाउनु पर्दैन किनकि दुस्मनले कहिल्यै बिश्वास गर्दैन र मित्रले कहिल्यै शंका गर्दैन ।
६. जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।
७. संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले संघर्ष गर्ने गर ।
८. दुइ प्रकारको मान्छेलर तिमीलाई भन्नेछन् कि तिमी केहि गर्न सक्दैनौ, एउटा जसले प्रयासनै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।
९. नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
१०. जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ ।
No comments