Listen Nepali Songs

Know New

मन छुने भनाइहरू

 

आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो 

१. जिन्दगीमा हास्न त जहिले नि सकिन्छ तर रुनलाई पीडा हर समय हुदैन ।

२. थाहा छ उसलाई मेरो मुटु पत्थरको होईन तरपनि ऊ चोट र पीडा दिन कहिल्यै पछि हटेन ।

३. धेरै दिल तिनीहरुले नै दुखाउँदा रहेछन जसलाई आफु भन्दा धेरै माया गरिन्छ ।

४. कहिलेकाँहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपाओस्,मेरो कानले अरुको बोलि सुन्न नपाओस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अवगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।

५. जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकि हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौ ।

६. प्रेम त अझै पनि गर्छु नि तिमीलाई, बस तिमी मेरो हौ भन्ने अधिकार मात्र छैन ।

७. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।

८. सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो।

९. यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ।

१०. जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हाेइन। 

११. ‪पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।

१२. धेरै सजिलो छ झुठ बोलेर कसैको भरोसा तेड्न‬ ‪र धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न ।



No comments