Listen Nepali Songs

Know New

विमान अपहरणको इतिहास

बि. सं. २०३० साल जेष्ठ २८ गते बिहान बिपी कोइरालाको निर्देशन अनुरुप गिरिजाप्रसाद कोइरालाको योजना अनुसार सुशील कोइरालाको सहयोगमा नेपालको ईतिहासमा पहिलो विमान अपहरण भएको थियो ।

नेपाल राष्ट्र बैंकको बिराटनगर शाखाबाट केन्द्रिय कार्यालय काठमाण्डौं पठाउन लागेको भारु ३० लाख नगदसहित ४ महिला, ९ पुरुष तथा १ बालक गरि १४ जना यात्रु बोकेर विराटनगरबाट काठमाडौँका लागि उडेको यो विमान धावनमार्ग छाडेको ५ मिनेटपछि ६ हजार फिटको उचाइमा कोशी ब्यारेज माथीको आकाशमा पुगेपछि अपहरणकारीको कब्जामा पुगेको थियो ।



No comments