Listen Nepali Songs

Know New

काठमाडौमा भीड बढेको इतिहास

 साच्चै काठमाडौ कहिले देखी धुलमाण्डु वा भिडमाण्डु भयो धेरैले अनुमान नै गर्न सक्दैनौ । आखिर काठमाडौमा मानिस थुप्रन थाल्नुको खास कारण के थियो होला त्यो पनि ठ्याक्कै भन्न सक्दैनौ । देशको बिकासमा सहज गराउन १४ अञ्चल र ७५ जिल्ला बिभाजन राजा महेन्द्रले २०१८ सालमा गराए । फेरी राजा विरेन्द्रले २०२९ सालमा बिकेन्द्रिकरणको अवधारणामा ४ बिकास क्षेत्र बनाए । पछि २०३८ सालमा फेरी एक बिकास क्षेत्र थपियो । चार बिकास क्षेत्रको बिभाजनमा राजा विरेन्द्रले डा. हर्क गुरुङलाई बिभाजनको लागी के कसरी गर्ने भन्ने जिम्मा दिएका थिए । डा. हर्क गुरुङले यसरी देशलाई चार बिकास क्षेत्रको रुपमा बिभाजन गर्न सल्लाह दिए पछि राजा स्वयं पनि चारै बिकास क्षेत्रहरुमा क्षेत्रिय भ्रमण गर्ने थाले । सबै जनतालाई राजाको उपस्थितीले आफ्नै बिकास क्षेत्रमा सर्वांगिण बिकास गरोस भन्ने थियो ।

तर जनता बिस्तारै काठमाडौ नै धाउन थाले । कामको सिलसिलामा जाने त थिए नै तर अब ब्यापार शिक्षा तथा औषधोपचारको लागी पनि राजधानी धाउने बढ्न थाल्यो । आफ्नो क्षेत्रको ब्यापार सानो लाग्ने आफ्नो क्षेत्रका स्कुल कलेजको बिश्वास नलाग्ने तथा आफ्नो क्षेत्रका अस्पताल पनि राम्रो उपचार गर्न नसक्ने हुन थाल्यो । यसले गर्दा राम्रा डाक्टर पनि काठमाडौ पलायन हुन थाले । राम्रा शिक्षकहरु पनि काठमाडौ नै पलायन हुन थाले ।
काठमाडौको जनसंख्या बृद्धिदर यसरी बढ्यो कि सयौ वर्ष देखीका यहाँका बासिन्दा नै बिस्तारै पलायन हुँदै नयाँ आगन्तुकले राजधानी भरिन थाल्यो । तस्विरमा तुलनात्मक रुपले काठमाडौ कसरी भरियो भनेर देख्न सकिन्छ ।
२०३३ सालको तस्विरमा तल बाँया छेउमा शंखमूलको पुल देख्न सकिन्छ । तर पुलको पारी र वारी भने बस्ती देखिदैन । यसैगरि नयाँ बानेश्वर नजिकै केही घरहरु देख्न सकिन्छ । तर अन्यत्र खाली नै छ । तल दाँया तिर मीनभवनको ट्रलिबस स्टाण्ड देख्न सकिन्छ । ट्रलिबसको शुरुवात यहि तस्विर खिचिएको समयताका नै भएको थियो । साथै राणाजीहरुको पुरानो दरवार देख्न सकिन्छ बाकी खाली नै देखिएको छ । तस्विरको ठिक बिचमा बिशाल टुँडिखेलको अनुमान गर्न सकिन्छ । टुँडिखेलको दक्षिण भाग दशरथ रङ्थशालाले ओगटे पनि बाकी भने करिव करिव खाली नै छ ।
माथिल्लो भागको बाँया तिर रिङ्गरोडदेखी बाहिरको त्रिभुवन राजपथ देख्न सकिन्छ । दाँया तर्फ बालाजु क्षेत्रको बस्ति देख्न सकिन्छ ।
हालको तस्विरको रुपमा गुगल अर्थबाट लिइएको तस्विर राखेको छु । बाकी तस्विर हेरेर तुलना गर्नुहोस ।



No comments