Listen Nepali Songs

Know New

विश्वका घातक महामारीको इतिहास

 अहिलेको कोरोना र सन् १९१८ मा आएको स्पेनिश फ्लू उस्तै

यसरी गरिएको थियो स्पेनिश फ्लू महामारी नियन्त्रणको पहल
विश्वव्यापी रूपमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको सन् १९१८को स्पेनिश फ्लू र र कोरोना भाइरसबीच धेरै समानता खोज्नु उचित नहुन सक्छ। कोभिड-१९ पूर्ण रूपमा नयाँ रोग हो जसले असमानुपातिक रूपमा वृद्धहरूलाई असर पारिरहेको बताइन्छ भने नयाँ भेरियण्टको कोरोना भाइरसले जुनसुकै उमेरका मानिसहरूमा असर पारिरहेको छ ।
स्पेनिश फ्लूले बलियो प्रतिरक्षा प्रणाली भएका २० देखि ३० वर्षका मानिसहरूलाई बढी असर पारेको थियो।
तर विभिन्न देशका सरकार र सर्वसाधारणहरूले सङ्क्रमण नफैलियोस् भनेर चालेका कदम भने समान देखिन्छन्।
पब्लिक हेल्थ इङ्ल्याण्डले कोरोनाभाइरस सङ्क्रमणका विषयमा प्रारम्भिक आपत्‌कालीन योजना बनाउनका लागि स्पेनिश फ्लू प्रकोपको अध्ययन गरेको थियो जसको मुख्य निचोड सन् १९१८ को शरद ऋतुमा देखिएको सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै धेरै घातक देखिएको थियो।
सन् १९१८ को मे महिनामा भाइरसका कारण पहिलो मृत्यु हुँदै गर्दा यूके अझै युद्धमा होमिइरहेको थियो। उक्त सङ्क्रमणसँग लड्न अन्य देशका सरकार जस्तै युके पनि तयार अवस्थामा थिएन।
रोयल सोसाइटी अफ मेडिसिनका लागि सर आर्थर निउजहोमले सन् १९१९ मा तयार पारेको प्रतिवेदनका अनुसार स्पेनिश फ्लू सैन्य टुकडीहरूको ओसारपसारदेखि हतियार कारखाना र भिडभाडयुक्त बस अनि रेल जस्ता स्थानहरूमा डढेलो लागे झैँ फैलिन थाल्यो।
सन् १९१८ को जुलाई महिनामा उनले बिरामी भएको भए सर्वसाधारणहरूलाई घर बाहिर ननिस्कन र भिडभाड भएका स्थानमा नजान भन्दै "सार्वजनिक प्रयोगका लागि लेखेको ज्ञापन पत्र" सरकारले बेवास्ता गरेको थियो।
ती नियमको पालना गरिएको भए धेरैको ज्यान जोगिन सक्ने बताउँदै आर्थर थप्छन्: "कहिलेकाहीँ यस्ता किसिमका राष्ट्रिय परिस्थिति हुन्छन् जति बेला स्वास्थ्य र जीवनको जोखिम हुँदा समेत प्रमुख दायित्व "अघि बढ्नु" नै रहन्छ।"
सन् १९१८ मा इन्फ्लुएन्जाको उपचार थिएन। निमोनिया जस्तो रोग निको पार्न एन्टिबायोटिक पनि थिएन। अस्पतालहरू छिट्टै भरिन्थे।
कैयौँ नाटक घर, चलचित्र र नृत्य देखाइने हल अनि गिर्जाघरहरू बन्द गरिए पनि सङ्क्रमण नफैलियोस् भनेर केन्द्रीकृत रूपमा लकडाउन लागु गरिएको थिएन।
युद्धकालीन समयका कारण पहिले नै खुला रहने समय तोकिएका पबहरू प्राय:जसो खुलै थिए। ठूला फुटबल प्रतियोगिताहरू युद्धकै कारण रद्द गरिएको भए पनि क्षेत्रीय स्तरमा हुने त्यस्ता प्रतियोगिताहरू भने रद्द गरिएको थिएन।







No comments