Listen Nepali Songs

Know New

साउन ५ गते आउने आइपिओ सबैले भर्न नपाउने

 

साउन ५ गते आउने आइपिओ सबैले भर्न नपाउने



काठमाडौं । तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँकोे दरमा ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म बिक्री खुला रहनेछ । तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ ।

लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै, तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत भने १७ करोड ८८ लाख रुपैयाँ छ ।

आइपीओबाट प्राप्त हुने रकम तेह्रथुम पावरले निर्माण गरिरहेको अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी हुने कम्पनीको भनाई छ । तेह्रथुम पावर कम्पनी २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो ।

हाल यसको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । स्थानीय र सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि भने पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

No comments