Listen Nepali Songs

Know New

यति राम्रो रेटिङ का साथ सानिमा लाइफ इन्सुरेन्सले IPO जारी गर्दै ! कति गर्ने लगानी ?

 

यति राम्रो रेटिङ का साथ सानिमा लाइफ इन्सुरेन्सले IPO जारी गर्दै ! कति गर्ने लगानी ?

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्स र युनियन लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । यी दुई कम्पनीको गरी कुल १ करोड २४ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले सानिमा लाइफलाई “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

No comments