Listen Nepali Songs

Know New

ज्ञानले तिमीलाई शक्ति त देला तर तिमीलाई सम्मान भने तिम्रो चरित्रले नै दिनेछ । प्ररक भनाइ

 

ज्ञानले तिमीलाई शक्ति त देला तर तिमीलाई सम्मान भने तिम्रो चरित्रले नै दिनेछ

१. ज्ञानले तिमीलाई शक्ति त देला तर तिमीलाई सम्मान भने तिम्रो चरित्रले नै दिनेछ ।

२. आफ्नो कुनै पनि दिनसँग नापछुताउनु, राम्रो दिनले खुसी दिन्छ, खराब दिनले अनुभव दिन्छ, खत्तम दिनले पाठ सिकाउछ र उत्तम दिनहरु स्मृतिमा रहन्छ ।

३. कहिल्यै पनि धेरै आशा नगनुहोला, त्यो धेरै आशाले धेरै पिडा पनि दिने गर्दछ ।

४. मलाइ घृणा गर्ने नयाँ मानिसहरु चाहिएको छ, पुराना जति थिए अचेल सबै मेरा प्रसंशक बनेका छन् ।

५. जब म राम्रो गर्छु कसैलाई थाहा हुदैन तर जब म केही नराम्रो गर्छु थाहा नहुने कोही हुदैन ।

६. उनीहरुले छोडेर गए भन्दैमा नरोउ, बरु आफै माथि कडा मेहेनत गर कि जसले छोडेका थिए उनीहरु छोडेकोममा पछुताउन बाध्य होउन ।

७. जसले तिम्रो मौनतालाई बुझ्न सक्दैनन् उनीहरुले कहिल्यै पनि तिम्रो आवाजलाई बुझ्न सक्नेछैनन् ।

८. जब तिमीले कसैलाई कुनैपनि शंका विना पूरा विश्वास गर्दछौ भने तिमीले या त जीवनमा एउटा अमूल्य साथी पाउछौ या जीवनको लागि अमूल्य पाठ ।

९. अहिलेको संसारको समस्या भनको असल मानिसहरुलाई प्रोत्साहित गर्न खोज्दैनन् बरु ‘युज’ मात्र गर्न खोज्दछन ।

१०. जुन कुरा बितीसक्यो त्यसलाई तिमीले परिवर्तन गर्न सक्दैनौ, यसैले यसको बारेमा सोचेर आफ्नो समय खेर नफाल ! अघि बढ यसबाट पार पाउ ।

११. पहिले म एक्लै हुन्छु कि भनेर डर मान्थे, अचेल खराब संगतमा पर्छु कि भनेर डर लाग्छ ।

१२. असल हृदयले सक्ने राम्रो गर र बदलामा केही पाउने आशा नगर तब तिमि कहिल्यै पनि निराश हुनुपर्ने अवस्था आउने छैन ।

१३. जब तिमीले पिडा भोगीसकेका छौ, दर्द सहिसकेका छौ भने अब किन हरेश खाने ? बरु यहि दर्दको सागरबाट मोती निकाल्न सक ।

१४. राम्रोको निम्त आशा गर तर खराब दिनको लागि पनि तयार भएर बस र बदलामा जे आउछ त्यसलाई स्वीकार गर्न सिक ।



No comments