Listen Nepali Songs

Know New

भारतीय सेनामा भर्तीको इतिहास

 भारत स्वतन्त्र हुनु अगाडी भूतपूर्व सैनिकहरू आफ्नाे पेन्सन बुझ्न भारतीय भूभाग नै पुग्नु पर्थ्यो । भारतको स्वतन्त्रता पछि भारतीय राजदूतावासबाट पेन्सन बुझाउन थाल्यो । पोखरामा पहिलो पटक २००६ को चैत्रमा करीब ३०० अपांग सैनिकको पेन्सन पोखरा माल अड्डाबाट बुझाएको थियो । यस्तै गरि २०१२ को चैत्रमा रामघाट नजिकै अस्थाइ रूपमा भारतीय पेन्सन क्याम्पको कार्यालय खुल्यो । पेन्सनको साथमा भारतीय गल्लावालाले भर्तिको लागी युवाहरू छाट्ने काम पनि थाल्यो । पछि हालको पेन्सन क्याम्प रहेको ठाउँमा स्थाई रुपले अफिस रहन थाल्यो ।

हाल पेन्सन क्याम्प रहेको ठाँउमा पहिले उखु खेती मात्र हुने गर्थ्यो । उखुको रस पकाएर खुदो बनाइन्थ्यो र त्यो खुदो बजारमा ल्याएर बेच्ने गर्दथे । सडक यातायात नखुलेकोले भारतीय बजारबाट चिनी आइपुगेको थिएन । तसर्थ खुदोको ब्यापार धेरै हुन्थ्याे ।
(जानकारीको लागी मसंग २०१३ सालमा खिचिएको फिल्ममा कसरी उखु हाते कोलबाट पेलिन्थ्यो र कसरी त्यसबाट खुदो बनाइन्थ्यो भन्ने हेर्न सकिन्छ । यो भिडियाे मसंग सुरक्षित छ ।)
तस्विरमा भारतीय गल्लावाला नेपाली युवाको परिक्षण गर्दैछ, भर्ती हुन योग्य छ या छैन भनेर ।



No comments