Listen Nepali Songs

Know New

पशुपतिनाथ

 बि. सं. १९७७ मा पशुपतिनाथ मन्दिर


लिच्छविकालिन समयको अन्त्य तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै यस पशुपतिनाथको मन्दिर माथी पनि आक्रमण गरेका थिए । कमजोर शासन अवस्था भएको यस्तो अवस्थामा मुसलमानको आक्रमणबाट यस क्षेत्रलाई बचाउन काठमाण्डौं नजिकका पाल्पा, कास्की, गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिई आक्रमणको काम भएको थियो, जसमा बिद्रोही तीसहजार चार सय फौज मारिएका थिए भने बचेका ६ सय जति भागेका थिए ।
समयसँगै मल्लवंशी शासन कालमा काठमाण्डौं उपत्यकाको राजगद्दीमा मल्लवंशी राजा जयस्थिति मल्लको आगमन भएसँगै पशुपति क्षेत्रमा बिकास निर्माणको कार्यहरु भएका थिए । जयस्थिती मल्लबाट बाग्मतीपारी पशुपतिघाटमा लवकुश सहितको राम मन्दिरको निर्माण तथा कुम्भेश्वर महादेवको स्थापना भएको थियो भने मन्दिरमा कोटीहोम तथा शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिर भित्र हिन्दु तथा बौद्ध बाहेक अरुहरुको प्रवेश निषेध गर्ने नियम चलाएका थिए ।

No comments