Listen Nepali Songs

Know New

नेपालको पहिलो ग्राजुयट इन्जिनियर

 नेपालको पहिलो ग्राजुयट इन्जिनियर

श्रावण ३-नेपाल इन्जिनियर दिवस ||
नेपालको पहिलो ग्राजुयट ईन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापा ||
कर्णेल डिल्लीजंग थापालाई नेपालकै पहिलो ग्राजुयट इन्जिनियर मानिन्छ । १३ जुलाई सन् १९११ सालमा थमसन इन्जिनियरिङ कलेज अफ रुडकीबाट उत्कृष्ट नतिजा हासिल गरी उनी नेपाल फर्किनु भन्दा अघिका कामहरु ओभरसियरहरुबाट सम्पन्न हुने गरिएको थियो।
१०० बर्ष अघि निर्माण भएको मकवानपुर र बारा जोड्ने दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग लगायत हेटौडा–काठमाण्डौ रोपवे, सप्तरीको चन्द्र नहर, आर.सि.सि प्रविधिमा बनेको नेपालकै पहिलो भवन अर्थात काठमाण्डौ महाराजगंजको लक्ष्मि निवास, बि. सं. १९९०को भुकम्पमा भत्किएर पुनर्निर्माण भएका धरहरा र घण्टाधर, हालको राष्ट्रपति भवन आदि पुनर्निर्माण गरिएका हालका डिजाईन यिनैबाट भएको थियो ।
यस बाहेक बि. सं. २००२ सालमा स्थापना गरिएको राजविराज सहरको नक्सा पनि आर्किटेक्ट इन्जिनियर डिल्लीजंग थापाबाटै तयार भएको थियो । राजस्थानको जयपुर सहरको नक्साका आधारमा ‘गुलाबी’ राजविराज सहरमा प्रत्येक चार घरपछि एउटा सहायक बाटो, नगरलाई हरियाली प्रदान गर्न प्रत्येक घर अगाडि एउटा रूख, नगरभित्र बन्ने प्रत्येक घरमा गुलाबी रङको प्रयोगजस्ता अवधारणासहित बस्ती बसाइएको थियो ।



No comments