Listen Nepali Songs

Know New

संविधान के हो ?

 संविधान के हो ?

Constitution is the Supreme law, Supreme policy and Foundation of state craft.

  1. संविधान देशको मुल कानुन, न्यायको आधारशिला तथा राज्यको दिघ्रकालिन घोषना पत्र हो । यस अनुसार नै शासन सञ्चालन हुन्छ । राज्यका अङ्गहरूले शक्ति प्राप्त गर्दछ । यो राज्यको कानुनी र राजनैतिक दस्तावेज मात्र होइन सामाजिक, आर्थिक, सांस्कृतिक दस्तावेजको रूपमा समेत लिइन्छ। सरकारका लागि मार्ग निर्देशिका  र जनताको अधिकारको वडापत्र हो ।
  2. राज्यका अरू सबै कानुनको स्रोत संविधान हुन्छ। यस आधारमा अन्य ऐन, कानून, नियम, निमावली बन्दछ । संविधानसँग बाझिने अन्य कानूनहरु बाँझिएको हदसम्म अमान्य हुन्छ ।
  3. संविधानले राज्यव्यवस्थाका मूलभूत संरचनाहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा संवैधानिक अङगहरू को काम, कर्तव्य, अधिकारको व्यवस्था तथा सीमा निर्धारण गर्दछ ।
  4. अतः देशको मुल कानुन (Supreme law), मुल नीति (Supreme policy), राज्य संचालनको आधार (foundation of state craft) र समानता, स्वतन्त्रता र न्यायको आधारशिला हो संविधान । यसले केवल कानूनको सर्वोच्चतालाई मात्र ईङ्गित गर्दैन । परन्तु राज्यको राजनीतिक, आर्थिक एवम् सामानजिक दिशावोध समेत गर्दछ । यसले सरकारको स्वरुप निर्धारण गर्दछ, राज्यका अङ्गहरूलाई शक्ति प्रदान गर्ने र सो माथि नियन्त्रण र सन्तुलन समेत गर्दछ ।


No comments