Listen Nepali Songs

Know New

युनियन लाइफ इन्सुरेन्सको IPO खुल्यो

 युनियन लाइफ इन्सुरेन्सले बिहीबार (२०७८ असार २४ गते) देखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५ सय कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन दिन कम्पनीले जनाएको छ ।
सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।


No comments