Listen Nepali Songs

Know New

जिद्दि छोरा र शिक्षकको कथा

 एक अति जिद्दी बालकले आफ्ना बाबुआमासंग भनेछ -

"म छेपारो खान्छु"
बाऊआमाले लाख सम्झाए तर मान्दै मान्दैन...
हार मानेर बच्चाका मास्टरलाई बोलाईयो,
मास्टर आए र फेरि सम्झाए ।
केहि नलागेपछि उनकै आदेश अनुसार छेपारो मगाईयो...
प्लेटमा राखिएको छेपारो बच्चालाई दिंदै मास्टरले भने -
" ल खा "
बच्चा रूँदै .... -
"यो काँचो त खान्न ... तारेको खान्छु"
छेपारोलाई तुरून्तै तारेर ल्याईयो।
मास्टर ...
"ल अव चुपचाप खा"
बच्चा उफ्रँदै ...
"यो सिंगै त खान्न ... आधा मात्र खान्छु"
तुरून्तै दुई टुक्रा पारेर ल्याईयो ...
मास्टर ...
"ल छिटो खा"
बच्चा भुईंमा मडारिंदै ....
"पहिला त्यो आधा तपाईंले खानु, आधा-आधा खाने "
असिनपसिन भैसकेका मास्टरले पसिना पुछ्दै नाक र आँखा थुन्दै आधा छेपारो निले ...
जब मास्टरले छेपारो निले,
बच्चो सासै रोकिएला झैं उफ्रि उफ्रि डाँको छोडेर झनै बेसरी रून थाल्यो।
सवैले सोधे - के भयो फेरि ???
उसले भन्यो -
"मलाई जुन टुक्रा खान मन थियो त्यो सरले खाईदिनु भयो, अब म कुन खाने ???"
मास्टर सुरूवाल तान्दै टाप कसे ...




No comments