विनोध चौधरीको किस्सा
अर्बपति विनाेद चौधरी, दरबारजस्तै भव्य बङ्गलामा सुनकाे जलप लगाइएको मार्बलले बनेकाे डाइनिङ टेबलमा बसिरहेका थिए । नुन नहाली पकाएको टुसादार चना र चिनी नहालेकाे चिया ल्याएर कामदारले अगाडि राखिदियाे । चिया सुरुप्प पारे ।
एकछिन पछि, नुन नहाली पकाएको भिण्डीकाे तरकारी, घिउ नदली पकाएका २ सुख्खाराेटी र ताताेपानी खाए ।
नुन कम खानुपर्ने, गुलियो खान नहुने, याे नखाने त्याे नखाने, अनेक पथ्य-परहेज थिए ।
कराेडाैँ रुपियाँ खर्चेर बनाएको घर थियाे । दर्जनौं नाेकरचाकर सेवामा थिए । १२/१५ वटा एसी चलिरहेकाे घ्वाँघ्वाँ आवाज । पार्किङमा रहेका अनेक ब्रान्डका गाडीहरू स्टार्ट गर्दाकाे आवाज ।
यस्ताे माहाैलमा विनोद चाैधरी नास्ता गरिरहेका थिए ……… ।
यता,
गैरीखेतकाे आलीमा खाेलाकाे सिरसिर हावा खाँदै हँसिलो स्वभावका गाउँले दाइ बसिरहेका थिए ।
सिलाैटामा लसलस पिसेर हालेकाे मसलाले मिट्ठाे बनाएकाे आलुचनाकाे चाेपिलाे झाेल । करेला र भिण्डी मिसेर चरचर तेलमा भुटेकाे मी$$$ठाे तरकारी । मूलबाट सिलटकाे ठेकीमा भर्खर भरेर ल्याएको चिसाे मिठाे कञ्चन पानी । हरररर बास्ना आउने जेठाेबुढाे चामलकाे भातमाथि लैनाे भैँसीकाे घिउ । सिलाैटामा पिसेकाे मरहठी र टिम्बुरकाे मिठाे चटनी ।
वरिपरि हरियाे धानले हराभरा खेत, हावाकाे लहरमा बयेली खेलिरहेका धानका साना बाेटहरू, चिसाे मिठाे हावापानी, रुखमा चिउँचिउँ कराइरहेका चराहरूकाे गुञ्जन । तल सुसाइरहेकाे आँधीखाेला !
८०० रुपियाँ दैनिक ज्याला पाउने गाउँले दाइले त्याे खाइरहेका थिए, जाे अरबाैँ रुपियाँकाे मालिक विनाेद चाैधरीकाे भाग्यमा थिएन ।
अब भन्नुहाेस् विनोद चाैधरी र ती गाउँले दाइमा के अन्तर थियाे ?
चाैधरी पनि ५०-५५ वर्षका, गाउँले दाइ पनि ५०-५५ वर्षका ।
खाना खाइसकेपछि विनोद चाैधरी सुगर र प्रेसरकाे दबाई खाइरहेका थिए, गाउँले दाइ चाहिँ मस्त चुना हालेर खैनी माड्दै थिए ।
चाैधरीलाई सेवकले खाना दिन्छन्, गाउँलेलाई प्यारी श्रीमतीले । उनको घरमा सुरक्षाकर्मीले सुरक्षा दिन्छन्, यिनकाे घरमा देउतापितृले । उनलाई घरमा सुख छ, यिनकाे मनमा आनन्द छ ।
कसलाई धनी भन्ने ? कसलाई गरीब भन्ने ?
No comments