Listen Nepali Songs

Know New

Nepali Proverbs नेपाली उखानहरू

 केही चर्चित नेपाली उखानहरू 

रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ

रातभरी करायो दक्षिणा हरायो

रोटी चिल्ला मीठा कुरा खस्रा मीठा

लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ

लाटो देशमा गाँडो तन्नेरी

लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडू

लूटको धन फूपूको सराद

लहरो तान्दा पहरो गर्जन्छ।

लासामा सुन छ कान मेरो बुच्चै

लोग्ने स्वास्नीको झगडा परालको आगो

सुनारको सय चोट लोहारको एक चोट

सिपालुले सीप लायो मुखुण्डीले मुख लायो

साँढेको जुधाई बाच्छाको मिचाई

साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ

साधुलाई सुली चोरलाई चौतारो

सोझाको सहाय दैव

सस्तो वेसाहा पेट लागि मर्

हात्ती आयो हात्ती आयो फुस्सा

हात्तीको मुखमा जीरा

हिस्स बुढी हरिया दाँत

हुने विरूवाको चिल्लो पात

हराएको गाई सूर्यलाई दान



No comments