Listen Nepali Songs

Know New

Ratna Park in 1965 | रत्नपार्कको सुरूवाती स्वरूप (वि.संं २०२२)

 Ratna Park in 1965 | रत्नपार्कको सुरूवाती स्वरूप (वि.संं २०२२)

----------------------------------------------------------------------------
वि.सं २०२१ सालमा निर्माण सम्पन्न भएको रत्नपार्कमा तत्कालीन राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मी शाहको नाममा गर्न लगाएका थिए। वि.संं २०१८ सालमा एक कमिटी गठन गर्दै महेन्द्रले रत्नपार्कको निर्माण गर्न लगाएका थिए।
Ratna Park is a park and surrounding district in central Kathmandu, Nepal. It is named after Queen Ratna, the wife of King Mahendra. It was built for the children and is named after Ratna, the second queen of King Mahendra. It is situated between Rani Pokhari and Tudikhel in the heart of Kathmandu.
पञ्चायतकालमा अञ्चलाधीशको कार्यालयले यसको रेखदेख गर्ने गर्दथ्यो। तर वि.संं २०३३ सालमा भने तत्कालिन श्री ५ को सरकारले सार्वजनिक उद्यान तथा सभागृह विकास समिती गठन गर्दै यसको रेखदेखको जिम्मा लगाएको थियो। पञ्चायत अन्त्य भएपछि पनि लामो समयसम्म यहि समितीलेनै यसको रेखदेख गर्दै आएको थियो तर वि.सं. २०५८ चैत्र ५ गतेको मन्त्रीपरिषदको निर्णयले सो समितीलाई महानगरपालिकामा गाभ्ने निर्णय गरेपछि यसको स्वामित्व महानगरपालिकालाई आएको थियो। महानगरपालिकामा आएपछि पनि पार्क लामो समय व्यवस्थित हुन सकेन्। पर्खालको मर्मत सम्भार र महानगरपालिकाले उचित चासो नदिँदा पार्क लामो समय अव्यवस्थित रह्यो।
वि.संं २०७१ वैशाखमा महानगरपालिकाले पुनर्निर्माणको लागि रत्नपार्कलाई पूर्ण रुपमा बन्द गरेेको थियो। २०७१ मंसिरमा सम्पन्न भएको सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो। झण्डै १५ महिना बन्द भएपछि खुलेको रत्नपार्क प्रवेशमा वि.संं २०७२ असार १५ गतेदेखि प्रवेश शुल्क लागु गरिएको छ ।



No comments