Listen Nepali Songs

Know New

Reality of life.

 जीवनको सत्यता 


बिश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्जद्वारा उहाँको क्यान्सरबाट निधन हुनु अगाडि लेखिएको नोटः


१, दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।...


२, मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा  सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ।...


३, बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन्। तर अब त्यो पैसा मेरो कुनै कामको छैन।...


४, मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु।...


५, म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे। तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छुँ।....


६, मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ।...


७, मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन।...


८, म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ।...


९, बिश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।....


यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन। यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन्। यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श । 

जागौ जागौ जागौ


No comments