Sambhot Script सम्भोट लिपि
सम्भोट लिपि
सम्भोट लिपि सातौँ
शताब्दीमा तिब्बतको धर्म राजा स्रोङ्चन
गम्पो (तिब्बती: སྲོང་བཙན་སྒམ་པོ།, ५६९–६४९?/६०५–६४९?) का मन्त्री थोन्मि
सम्भोट (तिब्बती:ཐོན་མི་སམྦྷོ་ཊ།) ले विकास गरेका लिपि
हुन् । सम्भोटले राजाको अज्ञानुसार भारतको विद्वान लिपिकारहरूबाट शब्द-विद्याको
ज्ञान हासिल गरी तिब्बतमा फर्के पछि अविष्कार गरेका थिए। यस लिपिमा चार स्वरवर्ण र
तीस व्यंजन वर्णहरू रहेका छन्।
इतिहास
सम्भोट लिपिको आविष्कार सातौँ शताब्दीको मध्य तिर तिब्बतको धर्म
राजा स्रोङ्चन
गम्पोको शासनकालमा थोन्मि
सम्भोटले गर्नुभएको थियो। राजा स्रोङ्चन
गम्पोले आफ्नो देशमा पनि छिमेकी मुलुक चीन, नेपाल र भारत
इत्यादि झैँ लिपिको प्रयोग द्वारा देशको इतिहास र संविधान आदिको निर्माणकार्य साथै
विशेष गरी भारतबाट बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्नुको लागि थोन्मि
सम्भोटलाई भारतमा शब्दविद्यको शिक्षा आर्जनको निम्ति
पठाएको र थोन्मिले भारतको विद्वानहरूबाट शिक्ष प्राप्त गरी आफ्नो देशमा फर्के पछि रञ्जना
लिपिको आधारमा उचन र वार्तु लिपिको उदारण लिएर उमेदको
लिपि रचना गर्नुको साथै तिब्बती भाषाको लागि व्याकरण
मूल त्रिंशत् र लिङ्गावतर आदि आठवटा
व्याकरणका पुस्तकहरू पनि लेखेको कुरा इतिहास हरूमा उल्लिखित भएपनि हाल ति कृतिहरू
मथ्ये मूल त्रिंशत् र लिङ्गावतर मात्र बाँकी रहेको छ। लिपि र व्याकरणको सृजन साथै
भारतबाट ल्याएको अवलोकितेश्वरको
एक्काइस सुत्र-तन्त्र आदिको अनुवाद पनि
लिपि निर्माता थोन्मि स्वयम् ले तिब्बती भाषामा गर्नु भएकोले थोन्मि सम्भोटलाई
तिब्बतको पहिलो अनुवादक (लोचावा) पनि मानिन्छ।
अनुवाद र लिप्यान्तरण
तिब्बतको धर्म राजा स्रोङ्चन
गम्पोको राज्यकालमा सम्भोट लिपिको आविष्कार भएदेखि धर्म
राजा ठ्रीस्रोङ
देउचन र राजा ठ्री
रल्पचनको शासनकाल सम्ममा भारत, नेपाल र चिन
आदि छिमेकी देशबाट धेरै विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र
अवभ्रंश इत्यादि भाषाहरूमा रहेका त्रिपिटक र भारतीय बौद्ध विद्वान आचार्य
नागार्जुन तथा आचार्य अर्यादेव आदिको टीका लेखहरू लगायतका बौद्ध ग्रन्थलाई सम्भोट
लिपिमा अनुवाद र लिप्यंतरण गरिएको पाईन्छ। राजा वुदुम
चन्पोको मृत्यु पछि तिब्बतको राजनीतिक परिस्थिति बिक्रेको
समयमा पनि छिमेकी मुलुकका सुविज्ञ पण्डित र अनुवादकहरूले सक्यपाको शासनकाल सम्म अनुवादको कार्य क्षेत्रमा ठुलो
योगदान पुरयाउनु भएको बारे तिब्बतको राजनीतिक र धार्मिक इतिहास दुवैमा विस्तृत
रूपले उल्लेख गरिएको भेटिन्छ।[१] यसै अनुवादको
कार्यमा थप सुविधाको लागि आठौँ शताब्दीको अन्तिम एवं नवौँ शताब्दीको आरम्भिक समय
तिर महाव्युत्पत्ति नामक विश्वको
सबैभन्दा पहिलो दोभाषे पारिभाषिक शब्दकोशको निर्माण पनि भएको थियो। यो तिब्बती
विद्वान अनुवादक र पण्डितहरूले लेखेको संस्कृत-तिब्बती दोभाषे
बौद्ध-पारिभाषिक शब्दकोश हो।
लिपि संशोधन
·
पहिलो लिपि संशोधन -राजा स्रोङ्चन गम्पोको शासनकाल देखि राजा ठ्रीस्रोङ देउचनको शासनकाल सम्ममा
·
दोस्रो लिपि संशोधन - राजा ठ्री रल्पचनको शासनकालमा
·
तेस्रो लिपि संशोधन - गुगेको राजा ल्हालामा
ज्याङ्छुव वोदको शासनकालमा
मुल वर्णमाला
सम्भोट लिपिको चार स्वरवर्णहरू |
||||
ཨི་ |
ཨུ་ |
ཨེ་ |
ཨོ་ |
|
सम्भोट लिपिको तीस व्यंजन वर्णहरू |
||||
ཀ་ |
ཁ་ |
ག་ |
ང་ |
क वर्ग |
ཅ་ |
ཆ་ |
ཇ་ |
ཉ་ |
च वर्ग |
ཏ་ |
ཐ་ |
ད་ |
ན་ |
त वर्ग |
པ་ |
ཕ་ |
བ་ |
མ་ |
प वर्ग |
ཙ་ |
ཚ་ |
ཛ་ |
ཝ་ |
च़ वर्ग |
ཞ་ |
ཟ་ |
འ་ |
ཡ་ |
श़ वर्ग |
ར་ |
ལ་ |
ཤ་ |
ས་ |
र वर्ग |
ཧ་ |
ཨ་ |
ह वर्ग |
सम्भोट |
༠ |
༡ |
༢ |
༣ |
༤ |
༥ |
༦ |
༧ |
༨ |
༩ |
नेपाली |
० |
१ |
२ |
३ |
४ |
५ |
६ |
७ |
८ |
९ |
· चीन
· तिब्बत
· भुटान
· नेपाल
· भारत
· मंगोलिया
सम्भोट लिपिको प्रयोग गर्ने जातिहरू
- भुटानी
- तिब्बती
- जिरेल
- गुरुङ
- डोल्पाली
- मुकुबसी
- लद्दाखी
- सिक्किमिस
- अरुणाचल बसी
- जिरेल जाति
No comments