मध्यपश्चिमान्चल विकास क्षेत्रको सदरमुकामको रुपमा रहेको सुर्खेत जिल्ला नेपालका ७५ जिल्ला मध्यको एक भित्रिमधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश: १.७ र ५.८ प्रतिशत भू-भाग ओगटेको सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्गनर हो । वीरेन्द्गनर नगरपालिकाको सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ साल मा भएको थियो । नेपालको राजधानी देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा र समुी सतह देखि लगभग ६६५ मी. उचाईमा अवस्थित यो न.पा.को उत्तरमा महाभारत पर्बतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुदर पहाडले घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मि हुने सुन्दर उपत्यका हो । हाल १६ वटा वडामा विभाजित वीरेन्द्गनर नगरपालिका नेपालका ३६ वटा पुराना न.पा.मध्ये एक हो । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.स. २०१६ साल अघि दैलेख जिल्ला अन्तरगत रहेको थियो । नेपाल राज्यलाई १४ अचल ७५ जिल्लाको प्रशासिनक विभाजन पश्चात १७ वटा तत्कालीन गाँउ पंचायत र यसको जम्मा क्षेत्रफल ९५४ बर्गमिल रहने गरि घोषणा गरिएको यस जिल्लाको समय-समयमा सिमाना थपघट हुदै हाल यसको जम्मा क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ भने ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरु रहेका छन् । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्बत पर्दछन् भने कही बेसी कही पहाडी क्षेत्र रहेको यसको पूर्ब मालारानी गा.वि.स. देखी पश्चिम लगामसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो ।
भौगोलिक दृष्टिकोणले सुर्खेत जिल्लालाई ३ भागमा विभाजन गर्न सकिन्छ । जसमा जिल्लाको उत्तरी भागमा महाभारत श्रृङ्खला रहेको छ । महाभारत श्रृङ्खला भित्र सुर्खेत जिल्लाको १,००० देखि २,३६७ मिटर उचाई सम्मको करिब ४३ प्रतिशत भु-भाग रहेको छ । यस जिल्लाको साविककाे लेखगाँउ, जर्वुटा, नेटा, अवलचिङ्ग, पाम्का, मटेला, रजेना, गर्पन, राकम, काप्रिचौर, छाप्रे, लेखफर्सा, गुमी, रानीवास गाँउ विकास सिमित पर्दछन् । दोश्रो भौगोलिक क्षेत्र अन्तर्गत मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्र रहेको छ । यस क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भू-भाग ओगटेको छ । यो भू -भाग जिल्लाको मध्य भागमा समुद्र सतहबाट लगभग २५०देखि १,००० मिटरसम्मको उचाइमा पर्दछ । साविकका दशरथपुर, लेखफर्सा, गुमी, रामघाट, मेहेलकुना, मैनतडा, घुमखहरे, साहारे, वीरेन्द्गनर, लाटीकोईली, छिन्चु, उत्तरगंगा, कुनाथरी, घाटगाँउ, बाबियाचौर, सालकोट, गुटु, विध्यापुर, कयाण गा.वि.स.हरु आदिका धेरैजसो भूभाग यस क्षेत्रमा पर्दछन् । तेश्रो भौगोलिक क्षेत्र अन्तरगत चुरीया श्रृङ्खला पर्दछ । सुर्खेत जिल्लाको दक्षिण भागमा अवस्थित १००० देखि १५०० मिटर सम्मको उचाईमा रहेको यस क्षेत्रले जिल्लाको लगभग १३ प्रतिशत भू-भाग ओगटेको छ । यस भू-क्षेत्र भित्र साविकका लेखपराजुल, तातापानी, हरिहरपुर तथा छिचु गा.वि.स.हरु र वीरेन्द्रगर नगरपालिको केही क्षेत्र पर्दछन् ।
भौगोलिक अवस्थिति, क्षेत्रफल तथा सिमाना
अांश : २८० २०। उरदेिख २८० ५८। उरसम देशार : ८०० ५९। पुवदेखी ८२० ०२। पुवसम ेफल : २,४५१ वग िक.िम. (२,४५,१०० हेटर) शहरी ेफल : ४४३.३ वग िक.िम. (१८.९ ितशत) ािमण ेफल : २,००७.७ वग िक.िम. (८१.९१ ितशत) सिमाना : पुर्वः- सल्यान पश्चिमः- डोटी, अछाम उत्तरः- अछाम, दैलेख, जाजरकोट दक्षिणः- कैलाली, बर्दिया
शासिनक तथा राजनीतिक विभाजन
थानीय तह पुनसंरचना भदा अगािड
विकास क्षेत्र : मध्यपश्चिमान्चल विकास क्षेत्र अचल : भेरी अचल जिल्ला सदरमुकाम : वीरेनगर नगरपालिका
गा.वि.स. संख्या : ४० वटा नगरपालिका संख्या : ३ वटा इलाका संख्या : ११ वटा निर्वाचन क्षेत्र संख्या : ३ वटा
स्थानीय तह पुनर्संरचना पश्चात
वि.स. २०७३ फागुण ९ गतेको नेपाल सरकारको निर्णय अनुसार सुर्खेत जिल्लाको पुनसंरचना यस प्रकारको रहेको छ ।
जिल्ला : सुर्खेत प्रदेश नं. : ६ नगरपालिका संख्या : ५ वटा गाँउपालिका संख्या : ४ वटा
कुल वडा संख्या: ९९ वटा नगरपालिका अतगत वडा संख्यख : ६४ वटा गाँउपालिका अतगत वडा संख्या : ३५ वटा
No comments